Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अजित मिजार हत्या प्रकरण : साढे चार वर्षपछि शव पुनः परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौं। गैरदलित युवतीसँग प्रेमविवाह गर्दा हत्या गरिएका काभ्रेका युवक अजित मिजारको शव पुनः परीक्षण हुने भएको छ । पाटन उच्च अदालतले उनको शव पुनः परीक्षण गर्न आदेश दिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अजितको शव शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । यसअघि दुईपटक पोस्टमार्टम भइसकेको हो । झुण्डिएको अवस्थामा मृत भेटिएका अजितको अनुहार कालो–निलो भएको थियो । कपाल खुइलिएको थियो ।

तर, दुईपटक पोस्टमार्टम हुँदा पनि त्यसबारे परीक्षण नै भएको थिएन । पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठले ‘मृतकको शरीरमा घाउचोटहरू थिए, नीलडाम थिए’ भनी बयान दिएका थिए भने डा. अमृता श्रेष्ठले ‘शरीरमा घाउचोट थिएन, तर मृतकको अनुहार नीलो थियो’ भनी बयान दिएकी थिइन् ।

मुद्दाका वादी पक्षले मृतकको शरीरमा घाउचोट र नीलडाम भए–नभएको र अनुहारमा एसिडजन्य रसायन छ्यापिएको विषयमा पुनः परीक्षण गर्नुपर्ने माग गरेको थियो । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले शव पुनः परीक्षण गर्न सोमबार आदेश दिएको हो । अदालतले अजितको अनुहारमा पोतिएको रासायनिक पदार्थबारे परीक्षण गर्न आदेश दिएको अधिवक्ता मोहन शाशंकरले बताए ।

काभ्रेको पाँचखाल नगरपालिका–६, होक्सेका १८ वर्षीय अजितले गाउँकै १८ वर्षीया गैरदलित युवतीसँग २५ असार, ०७३ मा विवाह गरेका थिए । तर, २७ असारमै प्रहरीको बलमा युवतीको परिवारले उनीहरूलाई अलग गरेको थियो । त्यसको तीन दिन नबित्दै ३० असार, ०७३ को बिहान अजित मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले पोस्टमार्टम गरेर गाडेको भनेको शव दुई दिनपछि उधिनेर निकाल्दा चिरफारसमेत नगरेको देखिएको थियो । अजितका बुबा हरिभक्त ढकालले युवतीका बुबासहित तीनजनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी दिएको एक महिनापछि २० भदौमा उनीहरू पक्राउ परेका थिए ।

जिल्ला अदालत धादिङले ५ असोजमा दुई जनालाई २५–२५ हजार धरौटीमा रिहा गरेको थियो । त्यस्तै, उच्च अदालतले युवतीका बुबालाई पनि २८ पुसमा २५ हजार धरौटीमै छोडेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies