Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सीमा क्षेत्रको फालोटमा पर्यटकको चाप

पाँचथर । सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्रमा पर्यटकको चाप बढे पनि नेपालले भने कुनै लाभ लिनसकेको छैन । पाँचथरमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप बढ्दै गएको छ । भारतले आफ्नोतर्फ सीमा क्षेत्रमै सवारी सञ्चालन हुनसक्ने सडक निर्माण गरेको छ भने नेपालले विभिन्न क्षेत्रबाट सीमासम्म सडक पु¥याएको छ । सडकको पहुँचका कारण फालोट क्षेत्रमा दैनिक सयौँ पर्यटक पुग्न थालेका छन । पर्यटकको उल्लेख्य चाप भए पनि आम्दानी लिनसक्ने कुनै संरचना नहुँदा नेपालले कुनै फाइदा लिन सकेको छैन । यसको सोझो फाइदा भारतीय पक्षले उठाइरहेको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा फालोट, चारराते, भैँसे, गोर्खेपानी, तीन सिमाना, तोरीफूले, चिवाभञ्ज्याङलगायत महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेका छन् । फालेलुङ–४ का श्याम थाम्सुहाङका अनुसार यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक सीमा क्षेत्रमा पुग्छन् । भारतका विभिन्न स्थानका पर्यटकसहित भुटान र बङ्गलादेशका पर्यटकसमेत सीमा क्षेत्रमा आउँछन् । दुई हजार ५०० मिटरदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको फालोट क्षेत्र मनोरञ्जनका दृष्टिले निकै आकर्षक रहेकाले पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको हो ।

“नेपालतर्फ बाटो व्यवस्थित नहुँदासमेत पर्यटक आइरहेका छन्, पूर्वाधार नहुँदा नेपालले कुनै फाइदा लिन सकेको छैन”, थाम्सुहाङले भने,“पर्यटकबाट नेपालले ठूलो लाभ लिनसक्ने सम्भावना छ ।” हिमाल हेर्ने र रमाइलो गर्ने ठाउँ नेपालमा रहेपनि भारतर्फबाट सहज सडक पहुँच हुनाले उतै बढी पर्यटक हुने र भारतले नै राजश्व सङ्कलन गर्ने अवस्था रहेको थाम्सुहाङको भनाइ छ । फालेलुङ–४ का अमृतबहादुर राईका अनुसार नेपाली तथा नेपाल हुँदै यात्रा गर्ने विदेशी पर्यटकलाई पैदलयात्रा गरेर भारततर्फ जान कुनै बन्देज छैन ।

यद्यपि नेपाल तर्फबाटसमेत फाइदा लिनका लागि गोठबास निर्माणको प्रयास शुरुआत भएको छ । चारराते, गोर्खेपानी, तीन सिमानालगायत क्षेत्रमा गोठस्टे निर्माण गर्ने र पर्यटकलाई आधारभूत सेवा दिई लाभ लिने उद्देश्यसहित तीनै तहका सरकारको लगानीमा गोठबास निर्माण थालिएको कञ्चनजङ्घा फालेलुङ पर्यापर्यटन विकास केन्द्रका सचिवसमेत रहनुभएका नेपालले बताए ।

नेपालतर्फ सशस्त्र प्रहरीका चार बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएसँगै भौतिक पूर्वाधार निर्माण अव सरकारको प्राथमिकतामा पर्ने अपेक्षा गरिएको वडाध्यक्ष सावदेनको भनाइ छ । “पर्यटन प्रवद्र्धनका लागि सीमा क्षेत्र महत्वपूर्ण रहेपनि सुरक्षाको प्रत्याभूति नहुँदा प्रशस्तै पर्यटक आउन सकेका थिएनन्”, सावदेनले भने “भारततर्फ भन्दा नेपालतर्फ आकर्षक स्थान रहेकाले नेपालतर्फ पर्यटकको चाप झनै बढ्ने अपेक्षा गरेका छौँ ।”

स्थानीय जनप्रतिनिधिले तीन सिमाना, गोर्खेपानी र चारराते क्षेत्रलाई नाकाको रुपमा विकास गर्ने लक्ष्य लिएर सडक निर्माणमा लगानी जुटाएका थिए । भारततर्फ सिंहलिला राष्ट्रिय संरक्षण क्षेत्र रहेकाले सीमा क्षेत्रलाई नाकाको रुपमा विकास गर्न कठिन भएको वडाध्यक्ष सावदेनको भनाइ छ । सडक बनेपछि सामान आयातनिर्यात भने सहज भएको उनले बताए ।

फालोटमा स्थापना भएको बीओपी उद्घाटन गर्न पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपालले आम्दानी गर्नसक्ने गरी संरचना निर्माण हुने बताए । यसका लागि सङ्घीय सरकारले केचना–कञ्चनजङ्घा सडक निर्माणको अवधारणा अघि सारेको छ । सीमा क्षेत्रबाट दुई लेनको सडक निर्माणका लागि झापाको केचनकवलबाट सर्वेको काम शुरु भएको छ । फालोटमा पर्यटक पु¥याउन फिदिम–फालोट सडक, जोरपोखरी–मेमेङ फालोट र हेंवा कोरिडोर निर्माण थालिएको मन्त्री नेम्वाङको भनाइ छ । केही वर्षमै कालोपत्र बाटो पु¥याउने र भारतलाई पर्यटन विकासमा उछिन्ने लक्ष्य लिइएको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies