Khabar Dabali Logo
  December 2, Wed

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार (१५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो ।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो । सो विमानस्थल अन्तरराष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ ।

यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तरराष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ । नयाँ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख गरे ।

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उहाँको भनाइ छ । ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अन्तरराष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ ।

सो परियोजनाको अर्को प्रमुख विशेषता भनेको जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्ने गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ । एशियाली विकास बैंकको सहयोगमा नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।

मंसिर ५ गते, २०७७ - १८:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   

झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...   

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...   
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...   

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...   

आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...   

देशैभर चिसो वृद्धि : काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै...   

नेकपामा आएको ज्वरो मत्थर भो, कुनै हालतमा फुट्दैन : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको...   

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना सङ्क्रमण

काठमाडौ । बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट...   

एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

फरयाब । अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top