Khabar Dabali Logo
  December 5, Sat

चितवनमा तरकारी सङ्कलन केन्द्र निर्माण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताए । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताए । तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् ।

गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि विशेष जोड दिएको अध्यक्ष गुरुङले बताए । उनले बाँझो जमिन प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको जानकारी दिए । सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उनको भनाइ थियो । किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने उल्लेख गर्दै उनले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताए । उनले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि बताए ।

कात्तिक २८ गते, २०७७ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा स्थायी कमिटी आइतबार तय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले...   
निगमको ९० दिन भण्डारण परियोजना कार्य सुरु

निगमको ९० दिन भण्डारण परियोजना कार्य सुरु

काठमाडौँ । नेपाल आयल निगमको कार्यक्रमले निर्दिष्ट गरेको सिलिगुरी–झापा पट्र«ोलियम पाईपलाईन परियोजना...   

बलात्कार अभियुक्त डेढ वर्षपछि पक्राउ

सिमकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई...   

नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन...   

पेट्रोलियम पम्प भाडामा लगाउन नपाइने

कााठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न...   

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न...   

प्रहरी र कर्मचारीका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी...   

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४०...   

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा...   

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top