Khabar Dabali Logo
  December 4, Fri

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उनले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।

उनले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए । जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एशियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बस्नुभएका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मन्त्रालय आउन थालेका छन् । छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो ।

कात्तिक २७ गते, २०७७ - २१:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार अभियुक्त डेढ वर्षपछि पक्राउ

सिमकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई...   

नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन...   

पेट्रोलियम पम्प भाडामा लगाउन नपाइने

कााठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न...   

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न...   

प्रहरी र कर्मचारीका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी...   

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४०...   

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा...   

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक...   
४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा  रात्रिकालीन बत्ती जडान

४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान

मोरङ । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले...   

बलात्कार आरोपी ६ वर्षपछि पक्राउ

पाँचथर । प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top