Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपा विवाद : प्रधानमन्त्री राजनीतिक र मनोवैज्ञानिक दबाबमा

काठमाडौं । नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चर्किरहेका वेला प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट हटाउने खेल भइरहेको प्रस्ट संकेत दिएका छन् । यद्यपि, पार्टीभित्र आफूमाथि दबाब हुँदा वा अल्पमतको सामना गर्नुपर्ने अवस्था आउँदा विगतमा पनि प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल भएको बताउँदै आएका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका छन् ।

राजनीतिक कार्यक्रम नभए पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र औपचारिक रूपमा नउठेको मुद्दा अगाडि सारेर आफू राजनीतिक र मनोवैज्ञानिक दबाबमा रहेको पनि संकेत गरेका छन् । नेकपामा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँ हुँदा ओली सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा अल्पमतमा छन् ।

‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? मेरा लागि होइन देशका लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ चिकित्सकहरूलाई प्रश्न गरेर पार्टीभित्रैबाट हटाउने खेल भइरहेको इंगित गर्दै उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन, रिपिटेड्ली (दोहोर्‍याएर) भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ दबाब हुँदा प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध घेराबन्दी भएको बताउँदै आएका छन् ।

आफूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै ओलीले धेरैपटक अस्थिरताको कोसिस भए पनि सफल नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको र सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्न समेत आग्रह गरे ।

‘म जनताको समर्थन र आवश्यकताले यहाँ आएको हो । जालझेल र तिकडमबाट होइन, व्यापक जनसमर्थनमा यहाँ पुगेको हुँ । त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस्,’ ओलीले भने, ‘यो सरकार यस्तो हुन्छ कि, उस्तो हुन्छ कि, बदलिन्छ कि, धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे, भित्र–बाहिर अनेकथरीका कोसिसहरू आए । जेमा पनि आलोचना गर्ने… जेमा पनि…। त्यसप्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित रहनु हुन्न ।’

एकाथरी मान्छे सधैँ अस्थिरताका लागि लागिरहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल नहुने पनि प्रस्ट्याए । ‘एकथरीको अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने एडिक्टजस्तो आदत छ, तर त्यस्ता एडिक्सनलाई रोकेर देशको स्थिरताका लागि काम गर्छौँ ।

स्थिरता र विकासका लागि लड्छौँ, कोभिडसँगको लडाइँसँग पनि जित्छौँ । गरिबीसँगको लडाइँ पनि जितेर समृद्धितर्फ अगाडि बढ्छौँ । विकृति, विसंगति र भ्रष्टाचारलाई पनि पराजित गरेर अगाडि बढ्छौँ,’ उनले भने । तर, ती व्यक्तिबारे उनले किटान गरेनन् ।

नेकपामा २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले गरेको दुई अध्यक्षको कार्यविभाजनमा ‘ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने’ उल्लेख छ । तर, यसको कार्यान्वयनमा जटिलता देखिएपछि नेकपामा ठूलो शक्ति–संघर्ष सुरु भएको छ । र, यही वेला प्रधानमन्त्री ओलीले आफूमाथि दबाब बनाउने काम भएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति अस्थिरता चाहनेहरूतर्फ इंगित भएको बताए । ‘उहाँले चिकित्सकहरूलाई अहिलेको अवस्थामा के उचित हुन्छ भनेर प्रश्न गर्नु भएको हो । किनभने प्रधानमन्त्रीलाई कामै गर्न नदिने, हटाउन खोज्ने प्रवृत्ति छँदैछ,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीले अस्थिरता मच्चाउन खोज्ने, अस्थिरतालाई मलजल गर्ने, स्थायित्वविरोधी प्रवृत्तिलाई इंगित गर्नुभएको हो ।’

पार्टीभित्रका पछिल्ला समस्यामाथि छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमतको बेग्लै बैठक बोलाउने रणनीति बनाइरहेका वेला आएको उनको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक रूपले अर्थपूर्ण मानिएको छ ।

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरेर अन्य प्रदेशहरूमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल अगाडि बढाएका कारण प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको बालुवाटार स्रोतको दाबी छ ।

तर, प्रचण्ड–नेपाल समूहका एक सचिवालय सदस्यले भने त्यस्तो तयारी अस्वीकार गरे । ‘पार्टी निर्णय बारम्बार कार्यान्वयन नभएका कारण हाम्रो अहिलेको प्रयास बैठक बोलाउनमै केन्द्रित छ,’ ती नेताले भने, ‘त्यसकारण प्रधानमन्त्री कुन सन्दर्भमा कहाँ के बोल्नु हुन्छ ? के गर्नु हुन्छ ती सबै कुराको प्रतिक्रिया जनाउनुको कुनै अर्थ छैन, किनभने उहाँले पार्टीलाई घुक्र्याउने, धम्क्याउने जस्ता काम बारम्बार गर्दै आउनु भएको छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने व्यक्तिका रूपमा प्रधानमन्त्रीले चित्रण गर्न खोजेको बताए । ‘अहिले प्रधानमन्त्री एक्सन लिने अरू नेता रियाक्सन दिने अवस्थामा देखिन्छन् । उहाँको क्रियामा अरूको प्रतिक्रिया आउने स्थिति देखिन्छ । उहाँले आकलन गर्नुभएको होला, राजीनामाको कुरा उठ्न सक्छ भनेर । आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने भन्ने अर्थमा उहाँले देखाउन खोजेको होला,’ उनले भने ।

यसअघि पार्टीभित्र विवाद चर्किरहेका वेला गत १४ असारमा प्रधानमन्त्रीनिवास बालुवाटारमा मदन जयन्तीका अवसरमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पनि नेपालको नक्सा प्रकाशन गरेबापत आफूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गरेका थिए । आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र नै परिचालित भएको र भारतीय दूतावास समेत त्यसमा सक्रिय रहेको ओलीको भनाइ थियो ।

‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । तपाईंहरूले सुन्नुभएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नु भएकै होला ।

कसरी भारतको राज्यसंयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधुप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटेलहरूमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

गत असारको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामाको प्रसंग उठेको थियो । ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद तुरुन्त छोड्नुपर्ने असन्तुष्टहरूको माग थियो । १० असारमा नेकपाको स्थायी कमिटीको बैठकमा ओलीले सरकारले पार्टीको नीति, योजना र चुनावी घोषणापत्रअनुसार राष्ट्रिय हित र जनताको पक्षमा काम गर्दा पनि पार्टी नेतृत्व र विभिन्न तहका नेताहरूले नै प्रतिरक्षा नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

र, यहाँ उनले पार्टीभित्रका असन्तुष्टतर्फ निसाना लगाउँदै भनेका थिए, ‘मैले प्रतिरोधी क्षमता बलियो बनाउने सन्दर्भमा हाम्रा पूर्वजहरूले प्रयोग गर्दै आएका औषधीय गुण भएको बेसारपानी खाँदा उपयुक्त हुन्छ भनेको थिएँ, तर यहाँ त त्यही बेसारका नाममा मान्छेहरू सडकमा राजीनामा माग्दै निस्किएका छन्, के अब बेसारकै नाममा राजीनामा दिने ?’

त्यसअघि प्रधानमन्त्री ओलीले गत वैशाखमा पनि राजीनामा नदिने बताएका थिए । ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु,’ दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड, नेपाल र वामदेव गौतमसँगको छलफलमा १३ वैशाखमा ओलीले भनेका थिए ।

त्यसवेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका थिए । ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन । अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस् । तपाईं लामो समयदेखिको साथी हो, तपाईंकै भलाइकै लागि राम्रो सुझाब दिएको हुँ,’ गौतमले भनेका थिए ।

त्यसभन्दा अगाडि १४ फागुनमा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभत्र आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै अन्तिमसम्म लड्ने बताएका थिए । गौतमलाई राष्ट्रिय सभामा लैजान सचिवालयले निर्णय गर्न लागेपछि उनले भनेका थिए, ‘पहिला राष्ट्रिय सभामा जानुस् भन्दा संविधान संशोधन गरेर मात्रै जान्छु भन्नुभयो, अड्डी कस्नुभयो ।

संविधान संशोधनका लागि कार्यदल बनायौं । आज संविधान संशोधन नभए पनि म राष्ट्रिय सभा जान्छु भन्ने ? के चाला हो ? ‘यी गतिविधि मेराविरुद्ध होइनन् भनेर कसरी विश्वास गर्ने ? कहिले कहाँ, कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सबै प्रहारको सामना गर्छु, म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरोविरुद्धको लडाइँमा म पछाडि हट्दिनँ ।’

प्रधानमन्त्री ओलीले एकको बदला दश कदम अगाडि बढ्ने चेतावनी दिएपछि आइतबार नेकपाका अर्का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक कदम पछाडि हटेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीनिकट दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी गरिरहेकै वेला प्रधानमन्त्री ओलीले जवाफी कदम चाल्ने चेतावनी दिएपछि प्रचण्ड–नेपाल एक कदम पछि हटेका थिए । महासचिव विष्णु पौडेलले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत नेकपाको एकता संकटमा परेको सार्वजनिक गरेका थिए ।

२६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन गर्ने, विधि र मापदण्डका आधारमा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताको काम असोजभित्र सम्पन्न गर्ने, महाधिवेशनको तयारी अगाडि बढाउनेलगायत निर्णय गरे पनि कार्यान्वयनका विषयमा ओली–प्रचण्डबीच विवाद सुरु भएको थियो ।

असोज अन्तिम साताबाट कर्णाली प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राखेपछि चुलिएको विवाद समाधानबारे समझदारी भए पनि ४ कात्तिकमा दुवै अध्यक्षका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएपछि विवाद चर्किएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies