बागलुङ । अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
जिल्लाका पाँच स्थानीय तहमा पाँच, दश र पन्ध्र श्ययाको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्ड समेत विनियोजन भएको छ । जिल्लाको बडिगाडमा १५ श्ययाको अस्पताल बनाउन ग्वालिचौर स्वास्थ्यचौकीलाई एक करोड, बरेङको हुग्दीशिर स्वास्थ्य चौकीमा १० श्ययाको अस्पताल बनाउन रु।८५ लाख, ताराखोलाको अर्गल स्वास्थ्य चौकीलाई ५ श्ययाको अस्पताल बनाउन रु। ७० लाख, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी स्तरोन्नती गरी १० श्ययाको अस्पताल बनाउन रु। ८५ लाख र तमानखोलाको तमानगाउँ स्वास्थ्य चौकीमा पाँच श्ययाको अस्पताल बनाउन रु. ७० लाख विनियोजन भएर निकासा भएको छ ।
अस्पताल निर्माणका लागि स्थानीयतहले जग्गा व्यवस्थापन तथा जहजीकरण गर्नुपर्नेछ भने प्रदेश सरकारले योजना कार्यान्वयनका लागि सहजीकरण गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखामा प्रमुख डा। रामबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार अस्पताल बनाउन न्युनतम ७ रोपनी जग्गा आवश्यक हुनेछ । अस्पतालको नक्सा लगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ । अस्पताल निर्माण गर्नका लागि गाउँपालिकाले प्रक्रिया थालिसकेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । यस्तै सरकारले प्रत्येक स्थानीय तहमा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल निर्माणका लागि रु. दश लाख बजेट प्रदान गरी प्रत्येक स्थानीय तहमा अस्थायी कोरोना अस्पताल स्थापना भइसकेको छ । कात्तिक मसान्तसम्म पाँच, दश र १५ श्ययाको अस्पताल निर्माण तथा स्तरोन्नती शुरुगरी सम्बन्धीत निकायमा जानकारी गराउनुपर्ने छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: