Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं। कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार सो कदम चालिएको दाबी गरेको छ ।

आजको राजधानी दैनिकमा खबर छ - गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार सो कदम चालिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ छ ।

स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदम चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनको भनाइ छ । स्वास्थ्यमन्त्री ढकालले महामारीको सुरुवाती दिनदेखि नै कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकामा नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालमा कोभिडको परीक्षण तथा उपचार भइरहेको बताए ।

उनले भने, ‘कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परीक्षण र उपचारको प्रबन्ध समेत गरिएको छ । आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षण वा चिह्न देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिनेछ ।’

उनले उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिस गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी व्यवस्था मिलाइएको बताए ।

स्वास्थ्यमन्त्री ढकालले सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामलाई मध्यनजर गर्दै २ हजार ६ सय वटा भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा रहेको जनाएको छ । यस्तै, थप ४ सय भेन्टिलेटरसहितको आईसीयू निर्माणको चरणमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन र मनिटरसहितका ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ । यसले कोभिड–१९ का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउनेछ ।

अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहमा पाँच बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । योसँगै स्थानीय तहमा अस्पताल सेवाका लागि ३ हजार २ सय ४५ बेड थपिने छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० बेडमा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय बेडको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ बेड थप गर्ने कार्य अगाडि बढेको छ । प्रदेशस्थित ७ संघीय अस्पताललाई ५ सय बेडमा स्तरोन्नति गर्दा १ हजार गरी ६ हजार २ सय २ बेड थप गर्ने कार्य अगाडि बढाएको जनाएको छ ।

हालसम्म देशभरि २ लाख ३१ हजार ४ सय ५ व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोभिडका लागि ७० वटा अस्पताल तोकिएकामा १७ अस्पताल निजी क्षेत्रका रहेका छन् ।

कोरोना भाइरस पहिचानका लागि परीक्षण दर घटेसँगै संक्रमितको संख्या पनि घट्ने गरेको छ । मंगलबार १३ हजार ८ सय ६१ जनाको मात्रै परीक्षण भएको छ । यसरी हेर्दा परीक्षणदर घटेको समयमा संक्रमितको संख्या पनि कम देखिएको छ ।

कोरोना भाइरस सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । हाल देशभर सक्रिय संक्रमित ४१ हजार ७ सय ७५ रहेका छन् । मंगलबार देशभर थप ३ हजार ९३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ रहेको छ । योसँगै हालसम्म ९६ हजार ६ सय ९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ६५ पुगेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार १ हजार ७ सय दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ७८ जना भेन्टिलेटरमा र २ सय ७३ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ५० जना आईसीयू र ४९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४८ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आईसीयू र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै, सुदूरपश्चिममा ८ आईसीयू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आईसीयू र चार जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा सात जना आईसीयू उपचाररत रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies