Khabar Dabali Logo
  October 21, Wed

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

जलेश्वर । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित रु २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

यसैगरी नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

अशोज १४ गते, २०७७ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top