Khabar Dabali Logo
  October 27, Tue

कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा, पिसिआर अनिवार्य

काठमाडौं । कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा खुला गरेर सरकारले नेपालको पर्यटन क्षेत्र खुला गर्ने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कोरोनाका कारण ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा खोल्ने निणर्य गरेसँगै विदेशी पर्यटकलाई नेपाल आउन सहज हुने भएको छ । तर, नेपाल भित्रने पर्यटकले पिसिआर रिपोर्ट ल्याउनुपर्ने तथा ७ दिन क्वारेन्टाइनमा बसेर पुनः पिसिआर परीक्षणपछि मात्रै घुमफिरमा निस्कन पाउने छन् ।

व्यवसायीले भने बढीमा तीन दिन क्वारेन्टाइनमा राख्दा पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले पनि क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । उनी भन्छन्, ‘नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनु पर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।’

इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँछन् । ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले क्वारेन्टाइनको अवधि घटाउनुका साथै विमानस्थलमै पिसिआर गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा पनि अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ ।

कोभिड-१९ को जोखिम कायम रहेकाले सरकारले पर्यटकहरूलाई सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली भेगमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ । विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवणर् अवसर हुन सक्ने सिइओ रेग्मीको भनाइ छ ।

सहरबाट गाउँमा पर्यटन पुर्‍याउन कोभिड-१९ नेपालका लागि अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवद्र्धन गर्ने उनले बताए । १ असोजदेखि होटेल, रेस्टुरेन्ट र एयरलाइन्स खुलेसँगै प्रमुख पर्यटकीय क्षेत्रहरूमा चहलपहल सुरु भइसकेको छ ।

सोहीअनुसार एयरलाइन्स कम्पनीहरू र ट्राभल कम्पनीहरूले समेत आन्तरिक प्याकेज सुरु गरिसकेका छन् । विदेशी पर्यटक भित्र्याउने निणर्य सरकारले गरे पनि पर्यटकहरूलाई नेपालको सुरक्षाको विषयमा विश्वास दिलाउनु अहिलेको महत्वपूणर् काम भएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले सातामा दुई दिन बिदा दिनुपर्ने प्रस्ताव पर्यटन मन्त्रालयले बनाइरहेको छ । ‘सरकारले पैसा दिएर घुम्न नपठाए पनि बिदा दिएमा अर्थतन्त्रमा नै राम्रो गर्न सक्छ भनेर प्रस्ताव गरेका हौँ,’ सिइओ रेग्मी भने ।

विगतमा सरकारी कर्मचारीलाई बिदा दिएर घुम्न पठाइए पनि खासै लाभदायक देखिएको थिएन । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको गत मंगलबारको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निणर्य गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको समिति निर्माण गरिएको छ ।

अशोज १४ गते, २०७७ - ०६:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top