Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महानगरीय प्रहरी अब संघीय राजधानी प्रहरी

संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरी (केन्द्र) को जिम्मा बागमती प्रदेश सरकारको असन्तुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाको सुरक्षा व्यवस्था हेर्न महानगरीय प्रहरी कार्यालयको सट्टा अब संघीय राजधानी प्रहरी कार्यालय भएको छ । संघीय राजधानी प्रहरीको परिचालन नेपाल प्रहरी (केन्द्र) मातहत नै हुनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐनलाई संशोधन गरेर उपत्यकाको सुरक्षा व्यवस्थासम्बन्धी अन्योल हटाएको छ । ऐनलाई अध्यादेशमार्फत संशोधन गर्दै संघीय राजधानीको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीलाई दिने तय गरेको छ । ऐन संशोधनसम्बन्धी अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ ।

अध्यादेश आएसँगै १ मंसिर ०६३ मा लागू भएको महानगरीय प्रहरीको अवधारण खारेज भएको छ । अध्यादेश आएसँगै अब महानगरीय प्रहरी परिसरको जिल्ला प्रहरी परिसर तथा महानगरीय प्रहरी वृत्तको नाम प्रहरी वृत्त मात्र भएको छ ।

विकसित देशहरूमा झैँ सरकारले काठमाडौं उपत्यकामा प्रहरीलाई महानगरीय प्रहरीको अवधारणामा अघि बढाए पनि अधिकार भने दिएको थिएन । खासगरी ठूला सहरमा खटिने प्रहरीलाई थप अधिकार दिने प्रलचन छ । प्रहरीले त्यसका लागि निकै प्रयास गरे पनि गृह मन्त्रालयकै असहयोगका कारण सफल भएको थिएन ।

यसअघि ऐनमा उपत्यकाका तीन जिल्लाको सुरक्षा जिम्मेवारी केन्द्र कि प्रदेशको हुने भन्ने प्रस्ट थिएन । त्यसैले प्रहरी समायोजन रोकिएको थियो । गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहअनुसार ऐन संशोधन गरेको हो ।

केन्द्रीय राजधानीको सुरक्षाको जिम्मेवारी प्रदेश प्रहरीलाई दिँदा समस्या हुन सक्ने निष्कर्षका आधारमा केन्द्रीय प्रहरीलाई दिने गरी ऐन संशोधन भएको गृहले जनाएको छ । यसमा बागमती प्रदेश सरकारले असहमति जनाएको छ । संविधानमा यस्तो प्रावधान नभएको भन्दै केन्द्रीय राजधानीमा पनि प्रदेश प्रहरीमातहत नै राख्नुपर्ने बागमती प्रदेशको जोड छ ।

गृह मन्त्रालयले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी त्यससम्बन्धी प्रतिवेदनसमेत मन्त्रिपरिषद्मा पेस गरिसकेको छ । प्रतिवेदन स्वीकृत भएपछि समायोजन प्रक्रिया सुरु गरिने गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए । डिएसपीसम्मका प्रहरी प्रदेशमा समायोजन हुनेछन् । समायोजनमा ज्येष्ठतालाई प्रमुख आधार बनाउन लागिएको छ । समायोजनका लागि प्रहरीले अनलाइन आवेदन दिनुपर्नेछ ।

बाझिएका विषय संशोधन
ऐनमा बाझिएका विषय पनि अध्यादेशमार्फत संशोधन गरिएको छ । यसअघिको ऐनमा अध्यागमनसम्बन्धी अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्रभित्र राखिएकोमा अहिले त्यसलाई हटाइएको छ । त्यस्तै, कारागार व्यवस्थापनको काम पनि प्रहरीलाई दिइएकोमा सच्याएर कारागार व्यवस्थापन विभागको जिम्मेवारी भएको प्रस्ट्याइएको छ ।

नियमावली पनि संशोधन
मन्त्रिपरिषद्ले प्रहरी नियमावली पनि संशोधन गरेको छ । प्रहरी अस्पतालमा कार्यरत चिकित्सकको मागअनुसार नियमावली संशोधन गरिएको हो । यसअघिको नियमावलीमा तीन वर्ष सेवाअवधि पुगेर दुर्गम क्षेत्रमा काम गरेपछि मात्र अध्ययन बिदा पाइने उल्लेख थियो ।

चिकित्सकहरूलाई दुर्गममा गएर काम गर्ने संरचना नै नभएको भन्दै उनीहरूले संशोधनको माग गरी राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरूको मागअनुसार नियमावली संशोधन गरिएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies