Khabar Dabali Logo
  October 26, Mon

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले पिसिआर परीक्षण गर्न तीन हजार आठ सय ९९ रुपैयाँ नै लिने जनाएका छन् ।

पिसिआर परीक्षणका लागि निजी प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको विषयमा आइतबार समाचार प्रकाशित भएको थियो । त्यसलाई लिएर आइतबार स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाका प्रतिनिधिसँग छलफल गरेको हो । शुल्क घटाउन दबाब दिनुको सट्टा मन्त्रालयमै बोलाएर छलफल गरी मौन समर्थन जनाएको छ ।

पिसिआर परीक्षणका लागि सरकारले चार हजार पाँच सयबाट घटाएर दुई हजार शुल्क तोकेको थियो । तर, निजी प्रयोगशालाले तीन हजार आठ सय ९९ रुपैयाँभन्दा तल परीक्षण गर्न नसकिने अडान लिएका छन् ।

छलफलमा निजी प्रयोगशालाका सञ्चालकले काठमाडौं मेडिकल कलेजले राजनीति गरेर सस्तोमा सेवा दिएको, बिध ल्याबले किटको म्याद सकिन लागेकाले सस्तोमा गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दबाब दिएका थिए । काठमाडौं मेडिकल कलेज, बिध ल्याब र कोरिया मैत्री अस्पतालले सरकारले तोकेकोभन्दा एक रुपैयाँ सस्तोमै गुणस्तरीय पिसिआर परीक्षण गरिरहेका छन् ।

स्वास्थ्यमन्त्री ढकालले मौन समर्थन जनाएपछि निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति जारी गरी यसअघि लिइरहेको शुल्कभन्दा कममा परीक्षण गर्न नसकिने जनाएका छन् ।

स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बी एन्ड बी प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सार्य हेल्थकेयर प्रालि, सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर, इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर प्रालिले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित रूपमा प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिने बताएका छन् ।

यसमा स्वास्थ्य मन्त्रालयसमेत सकारात्मक देखिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ । सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म टीकाटिप्पणी नगर्न पनि सञ्चालकहरूले आग्रह गरेका छन् ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारदेखि दुई हजारभन्दा बढी शुल्क लिने प्रयोगशाला बन्द गराउने निणर्य गरेको छ । मन्त्रीकै संरक्षणमा तीन हजार आठ सय ९९ रुपैयाँ लिने भनेर प्रयोगशाला सञ्चालकहरूले निणर्य गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भूमिका के हुने प्रश्न उब्जिएको छ । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयको मौन समर्थनमा शुल्क नघट्ने भएपछि केन्द्रीय प्रयोगशालाका कर्मचारीले कारबाही गर्ने क्षमता राख्ने छैनन् ।’

कोरोनाबाट पाँच महिनामा ४७७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पाँच महिनामा चार सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० जनाले ज्यान गुमाएका छन् । नेपालमा ४ जेठमा पहिलोपटक कोरोना संक्रमित एक सुत्केरीको मृत्यु भएको थियो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ७३ जना नयाँ संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

उनीहरूमध्ये संस्थागत आइसोलेसनमा आठ हजार तीन सय २१ जना छन् भने होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना छन् । निको भएर घर फर्कनेहरू ५३ हजार आठ सय ९८ छन् । मन्त्रालयका अनुसार आइसियूमा हाल दुई सय २५ जना रहेका छन् भने भेन्टिलेटरमा ३३ जना छन् ।

अशोज १२ गते, २०७७ - ०८:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top