Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत रु १३ करोड कर्जा प्रवाह

दमौली । गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ ।

जिल्लामा रहेका विभिन्न छ वटा बैङ्कले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

आर्थिक वर्ष २०७६/७७ मा एक सय ८७ किसानले सहुलियत ब्याजदरको ऋण सुविधा लिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार लक्ष्मी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सनराइज बैङ्क र कृषि विकास बैङ्कले ती किसानलाई पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण प्रवाह गरेका छन् ।

केन्द्रका प्रमुख डा। बालकुमार श्रेष्ठले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका किसानले बाख्रा, कुखुरा र गाईभैसीपालन गरेको जानकारी दिए ।

गत आर्थिक वर्षमा लक्ष्मी बैङ्कले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैङ्कले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैङ्कले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैङ्कले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् ।

लक्ष्मी विकास बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैङ्कबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिए । उनका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु चार लाखसम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । “एउटा पशुबापत बढीमा रु ९० हजारसम्म कर्जा प्रवाह गर्छौ,” उनले भने, “धितोको आधारमा रु पाँच करोडसम्म सहुलियत कर्जा प्रवाह हुन्छ ।”

पशुपछीपालनका लागि बैङ्कले ६ दशमलव २३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ । कृषि तथा पशुपछी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनीले जवानी बस्नुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधिले तय गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies