Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने

काठमाडौं। कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ - जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले मगलबार जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

‘कर्मचारीले प्याज सिल गरेका छन्, कालोबजारी ऐनअनुसार मुद्दा दर्ता हुने प्रक्रियामै छ । तर प्याज बिग्रने र नासिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा धरौटी रकम खातामा जाने गरी प्याज बेच्ने निर्णय गरेका छौं ।’ सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको उनले जनाए ।

कम्पनीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्मचारी खर्चसहित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्ने दाहालले बताए ।

‘भन्सार बिन्दुको परल मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । कृषि सुधार शुल्क, ढुवानी, लोडअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७र८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधारणलाई बेच्छ ।

वाणिज्य विभाग, काठमाडौं महानगरपालिका, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले भदौ ३१ मा गरेको अनुगमनमा २ सय १९ बोरा प्याज जफत गरेको थियो ।

५०–५५ रुपैयाँमा खरिद गरिएको प्याज ११०–१२० रुपैयाँसम्ममा बिक्री गरेको, खरिद बिल र मूल्यसूची नराखेको कसुरमा अनुगमन टोलीले चुली सगरमाथा इन्टरप्राइजेज र एसके सप्लायर्सबाट उक्त प्याज जफत गरेको थियो । थापाथलीमा बिक्री काउन्टर राखेर प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक नेत्र सुवेदीले जनाए ।

भारतले भदौ २९ देखि निर्यात रोकेपछि नेपालमा कृत्रिम अभाव गराई प्याजको कालोबजारी भइरहेको छ । भारतले निर्यात बन्द गरेको दुई–तीन दिनमै मूल्य दोब्बर भएको छ । भदौ ३१ सम्म होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो ।

अनुगमनकै क्रममा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा लुकाएको भेटिएको थियो । करिब १२ हजार किलो प्याज जफत गरिएको वाणिज्य विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए । व्यवसायीले मुद्दा जितेर सफाइ पाए बिक्री गरिएको प्याजको रकम फिर्ता पाउने उनले जनाए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies