Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाढीको कहर झेल्दै ढोरपाटनवासी

बागलुङ । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ ।

विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत् पारेको सडक जेनतेन खुलाउने प्रयास भइरहेको छ ।

सडकलगायतका भौतिक संरचनामा क्षति पुगेपछि स्थानीयवासी आधारभूत सेवाबाटै बञ्चित हुनु परेको हो । “दुई सातादेखि बिजुली छैन, मोबाइल पनि चल्दैन”, स्थानीयवासी विक्रम विकले भने, “आफ्नै गाउँ पनि अनाकन्टार जस्तो लाग्न थालेको छ ।” गत भदौ १७ गते भूजीखोलामा बाढी आउँदा मुस्किलले जोगिएका विकले त्यो बेला माइतीगाउँ निसीमा रहेका श्रीमती र छोरासँगसमेत सम्पर्क हुन नसकेको उनले सुनाए ।

सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपछिको राहत र व्यवस्थापकीय काममा सम्बन्धित पक्षबीच जानकारी लिनदिन र समन्वयमा कठिनाइ भइरहेको छ । बाढी प्रभावित र सहायताकर्मीबीच पनि सम्पर्क स्थापित हुन सक्ने स्थिति छ्रैन । ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारले ७ देखि ९ वडासम्म विद्युत् अवरुद्ध भएको बताए । वडा नं ९ मा मात्र तीनवटा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै वडा नं। ८ स्थित ८४ किलोवाट क्षमताको भूजीखोला पाँचौ लघुजविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ ।

ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं। १ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । “मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा आउँछन्, पूर्ण क्षति भएका आयोजना बनाउन समय लाग्छ”, नगरप्रमुख देवकुमार नेपालीले भने ।

लघुजलविद्युत् आयोजना बन्द भएसँगै मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार सेवा अबरुद्ध भएको हो । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका जनसाधारण लघुजलविद्युत्का भरमा छन् ।

लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं। ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा समस्या आएको बताए । उनले शनिबार सौर्य उर्जा प्रणाली (सोलार) जडानका लागि आफूहरु जान लागेको बताए । “तत्काललाई अस्थायी रुपमा चलाउँछौँ, पछि स्थायी रुपमै सोलार जडान हुन्छ”, उनले भने । सडक नै अवरुद्ध भएका कारण सामान पुर्याउन केही ढिलाइ भएको वरिष्ठ इन्जिनीयर शर्माले उल्लेख गरे ।

नगरप्रमुख नेपालीले बाढीबाट क्षति पुगेको सडक मर्मत गरेर वडा नं। ९ सुर्कुदुङसम्म पु¥याइएको बताउनुभयो । ढोरपाटन देउरालीसम्म जोड्न अझै केही समय लाग्ने उनको भनाइ छ । सालझण्डी–ढोरपाटन आयोजनाअन्तर्गत झण्डै १० किमि सडक बाढीले बगाएको छ । सो खण्डलाई पूर्ववत् स्थितिमा फर्काउन रु। ६० करोड खर्च हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । सडक अवरुद्ध हुँदा शुरुमा राहत सामग्री पुर्याउनसमेत कठिन भइरहेको थियो । बाढीग्रस्त क्षेत्रमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले राहत पुर्याउन केही सहज छ ।

भौतिक संरचनाको बेलैमा पुनःनिर्माण नगरिए त्यस क्षेत्रको विकासको स्थिति झनै पछाडि धकेलिने हो कि भन्ने चिन्ता स्थानीयवासीमा छ । बाढीबाट वडा नं। ९ को लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल र फल्लेघरमा बढी क्षति पुगेको छ । बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् १६ जना अझै बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । विद्यालय, झोलुङ्गे, ढलान र काठे पुलसमेत बगाएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies