Khabar Dabali Logo
  October 25, Sun

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

मङ्गलबारे । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उहाँहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेको उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए ।

अशोज २ गते, २०७७ - १०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी...   

ज्येष्ठ नागरिकलाई दशैं कोसेली–वृद्धाभत्ता

ओखलढुङ्गा । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका...   

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन्...   

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका...   

कोरोना त्राास : पाटन सिल, देहिमाडौँ बन्द

बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ...   
मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बई । मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको...   
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top