Khabar Dabali Logo
  September 20, Sun

कर्णाली प्रदेशमा मृत्युदर कम

कार्णाली । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० बढी पुगिसक्दा पनि कर्णालीमा कोही पनि खासै सिकिस्त नभएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले बताए । मन्त्री रावलले कर्णालीमा कोभिड–१९ सङ्क्रमितमध्ये ९० प्रतिशत निको भएको बताए । उनका अनुसार ०.२ प्रतिशतको मृत्यु भएको छ ।

विपद् बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख बुढासहित स्थानीय तहका प्रमुखहरु, नागरिक समाज, उद्योगी व्यवसायीले कोभिड–१९ को अनुभवसहित प्रदेश सरकारलाई सल्लाह दिएका थिए । कोभिड प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १५ वटा भेन्टिलेटर र आईसीयुसहितको आवश्यक उपकरण सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

सामूहिक दुर्घटना बीमा

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका १७ लाख ७० हजार नागरिकको दुर्घटना बीमा गरेको छ । कालिकोटबाट बीमा दिन शुरु गरिएको जुम्ला पुगेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले जानकारी दिए । उनका अनुसार कालिकोटमा यो वर्ष बाढी पहिरोबाट ज्यान गुमाएका ५१ जनाका परिवारलाई जनही रु दुई लाखको दरले दुर्घटना बीमा उपलब्ध गराइएको छ ।

अशोज १ गते, २०७७ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण...   
वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम...   

उत्पादित वस्तु बजारीकरण गर्न समस्या

रुकुम । रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन...   

हालसम्म कोरोना सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ...   

बाँकेमा कोरोनाबाट थप ५९ वर्षीय पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया...   

अफगानिस्तानका २ जिल्लामा तालिबानको आक्रमण, ४ जना प्रहरीसहित २१ जनाको मृत्यु

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् ।...   

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी...   

उत्पादन भएको मकैले बजार पाएन

दाङ । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले...   

धनगढी विमानस्थलबाट ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

धनगढी । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको...   

बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top