Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौंमा कहाँ कतिलाई संक्रमण ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।

आजको राजधानी दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् ।

यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देखिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार कलंकी–रविभवन क्षेत्रमा २ सय ४४, स्वयम्भू क्षेत्रमा ४ सय ७७, वनस्थली–बालाजु क्षेत्रमा ३ सय ८७, सामाखुसी–म्हैपी क्षेत्रमा १ सय ५६ जनामा संक्रमण देखिएको छ । भोटाहिटी–असन क्षेत्रमा २ सय ५९, नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा १ सय १८, बागबजार–भृकुटीमण्डप क्षेत्रमा २ सय ३१ र सिनामंगल–कोटेश्वर चोक क्षेत्रतर्फ २ सय ९४ जनामा संक्रमण देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंका ३८ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंका १ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । संक्रमितको सम्पर्कमा आएका ११ हजार ८ सय ६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies