


पहिरोको उच्च जोखिममा नाग्मबजार


-
-
भदौ २६ गते, २०७७ - १६:५६

खलङ्गा । कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी पहिरो गएकाले नगरवासी त्रसि बनेको स्थानीयवासी मदन उपाध्यायले बताए । उनले भने, “नाग्मबजार पहिरोबाट सुरक्षित छैन । जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ ।” स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयवासी उपाध्यायले बताए ।
तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरीरहेको छ । उनका स्थानीयवासीका अनुसार फोहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन । बजारका स्थानीयवासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ । बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताए । स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन् । तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भने, “पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो ।” यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जानकोे मृत्यु भएको थियो ।
लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
करदाता सेवा कार्यालय जुम्लाले यस वर्षको साउनमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना कहरका बीचमा पनि राजश्व सङ्कलनमा बृद्धि भएको छ । सो महिनामा लक्ष्यभन्दा रु १ करोड १९ लाख ८० हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको कर अधिकृत गोपालबहादुर थापाले बताए ।
रु ३ करोड २१ लाखको लक्ष्य राखिएकोमा रु ४ करोड ४० लाख राजश्व सङ्कलन भएको कर अधिकृत थापाले बताउनुभयो । जसमा मूल्य अभिबृद्धि करतर्फ रु १ करोड ४२ लाख ६९ हजार, आयकरतर्फ रु १ करोड २२ लाख ७४ हजार, अन्तःशुल्क रु १ करोड ३२ लाख ९ हजार, पारिश्रमिक आयकर रु ६६ लाख ५१ हजार र २८ लाख ६९ हजार सामाजिक सुरक्षा करलगायत विभिन्न १७ वटा शीर्षकबाट राजश्व सङ्कलन भएको कर सेवा कार्यालय जुम्लाले जनाएको छ । कर सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु २३ करोड २२ लाख ५५ हजार ४०१ राजश्व सङ्कलन गरेको छ । लक्ष्य नै नतोकिएर गत आवको असार अन्तिम सम्ममा रु २३ करोड बढी राजश्व सङ्कलन भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
- जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण