


महँगो छ गाईबाच्छाको उपचार


-
-
भदौ २१ गते, २०७७ - १३:२४

काठमाडौँ । सडकमा छाडा छाडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महँगो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारी साधनबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महँगो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारामा पर्दै गएको छ ।
शहर बजारबाट घाइते गाईबाच्छा आउने क्रम जारी छ । बितेको एक महिनामा सडक दुर्घटनामा गम्भीर घाइते बनेका आधा दर्जन गाईबाच्छाको सेवा गर्ने अवसर मिलेको अभियानकर्मी उत्तम पुडासैनीले बताए । तीमध्ये पाँचवटाले जीवन पाएका छन् ।
“दुर्घटनामा परेपछि गाडी समातिन्छ, कुनै अमुक संस्था वा व्यक्तिको इशारामा हामीले सञ्चालनमा ल्याएको आश्रयस्थलसम्म ल्याइन्छ, मानवीय नाताले त्यस्ता अबोध प्राणीलाई स्वीकार्नु हाम्रो बाध्यता बन्दछ, दुर्घटना गर्ने गाडीबाट रकम असुलिन्छ, त्यो कस्ले लिन्छ र प्रयोग गर्छ, हामीलाई पत्तोपनि हुँदैन, ठुलो रकम खर्चेर उपचारमा हामी कुनै सम्झौता गर्दैनौँ, हामी सेवामा समर्पित छौँ, सेवालाई नै परम धर्म ठानेका छौँ, बितेको एक महिनामा आधा दर्जन घाईते गाईबाच्छाको उपचारमा करिब रु दुई लाख खर्च भएको छ, सबै खर्च स्वयंसेवीबाट आर्जित भएको हो,” उनले बताए ।
वनस्थलीमा एम्बुलेन्सको ठक्करबाट घाईते भएको भनिएको एउटा बाच्छाको उपाचार प्रारम्भ भएको छ, आश्रयस्थल आइपुगेको बाच्छालाई साधारण यन्त्रको सहायताले उभ्याएर उपचार गरिएको छ ।
सडकमा छाडिएका असहाय गाईबाच्छा अत्यन्तै जोखिममा परेका छन् । धेरै त्यस्ता प्राणी रातारात बेपत्ता हुने गरेपनि यसतर्फ सरोकार भएका निकायको ध्यान गएको छैन । यसतर्फ सरकार बेखबर जस्तै भएर बसेको अभियानकर्मी पुडासैनीको आरोप छ ।
गाईबाच्छाको दुर्घटना गराउने गाडी प्रहरीले समातेपछि कुन शर्तमा र किन छोडिन्छ रु दुर्घटनाकर्तालाई उपचारका लागि जिम्मेवार बनाइएको सुनिए पनि उपचार खर्चका लागि आजसम्म एक रुपैयाँ पनि नआएको उनको भनाइ छ ।
दुई वर्षदेखि शुरु भएको छाडा गाईबाच्छा संरक्षण अभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला बिस्तार गरिएको छ । बन्दाबन्दीमा छाडा गाईबाच्छाको अवस्था गम्भीर हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको करिब ५०० रोपनी जग्गामध्ये १०० रोपनी गौशाला निर्माणका लागि दिएको छ ।
अभियानले कोषले दिएको जग्गा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उत्तरीभेगस्थित वाग्मती किनारमा गरी दुई स्थानमा छाडा गाईबाच्छा राखी संरक्षण गर्दै आएको छ । दुवैतिर गरी हाल ३०० गाईबाच्छा संरक्षण गरिएको अभियानले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त
चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय...हुम्लाका लागि सहुलियत दरमा हवाई उडान शुरु
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले...दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको निधन
झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार...राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व
लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन...नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण
भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।...सिमकोटमा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण
सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न...हनुमाननगरमा आगलागीबाट चार घर जलेर नष्ट, करिव २० लाख भन्दा बढीको क्षति
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट...दूषित पानी भेटेपछि नेपा मिनेरल वाटर प्रालि विरुद्ध अदालतमा मुद्दा दायर
गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण...
