Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मेसीको बयान – यो सिजन म बार्सिलोनामै बस्ने भएँ !

बार्सिलोना । लियोनल मेसीले बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि उनले ७० करोड तिर्न नसकेको कारण क्लब छाड्न नसकेको हो । गोल डटकमलाई अन्तर्वार्तामा उनल यो खुलासा गरेका हुन ।

मेस्सीको अन्तर्वार्ता

‘मलाई लाग्छ, म बार्सिलोना छाड्न स्वतन्त्र थिएँ । यो कुरा मैले क्लब अध्यक्षलाई पनि भनेको थिएँ । म सिजनका अन्त्यमा अन्यत्र जान चाहन्थें, तर अध्यक्षले आफ्नो वचन राखेनन् ।

मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।

क्लबले भनिरहेको छ, मैले जुन १० अगाडि नै क्लब छाड्न सक्ने अनुबन्धको बुँदा उपयोग गर्नु पर्ने हो, त्यसपछि यो अस्तित्वमा रहन्न । तर कोरोना भाइरस संक्रमणको महामारीले गर्दा स्पेनी ला लिगा त्यो समय मध्य भागमै मात्र पुगेको थियो ।

बार्सिलोना छाड्ने एउटा उपाय भनेको अदालत जाने हो, तर मैले यस्तो काम कहिले पनि गर्दिनँ, किनभने म बार्सिलोनालाई माया गर्छु, यो क्लबले मलाई धेरै दिएको छ । यो मेरो जीवनको भाग हो, यहाँ मैले आफ्नो जीवन बिताएको छु ।

अब म अगाडि बढ्न चाहन्छु र माथिल्लो स्तरको फुटबल खेल्न चाहन्छु, बढी भन्दा बढी उपाधि जित्न चाहन्छु । म युरोपेली च्याम्पियन्स लिगमा खेल्न चाहन्छु ।

जति बेला मैले बार्सिलोना छाड्ने निर्णय श्रीमती र बच्चाहरूलाई सुनाएँ, उनीहरू रून थाले । उनीहरू कोही पनि बार्सिलोना छाड्न चाहन्नन् । बच्चाहरू त स्कुल पनि फेर्ने चाहन्नन् ।म बार्सिलोनालाई धेरै माया गर्छुं । यस्तो राम्रो सहर अन्यत्र कतै पाइन्न । अब नयाँ चुनौतीका लागि तयार छु । बार्सिलोनामा मेरो सबथोक रहेको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies