Khabar Dabali Logo
  December 2, Wed

एक दर्जन जिल्लामा हजार नाघे कोरोना संक्रमित ! कुन जिल्लामा कति पुगे ? कुन उमेरसमुहमा कति छन् संक्रमित ?

यि हुन् हजार नाघेका दर्जन जिल्ला : काठमाडौं, पर्सा, रौतहट, सर्लाही, कैलाली, मोरङ्, धनुषा महोत्तरी, कपिलवस्तु, दैलेख, रुपन्देही र बाँके

काठमाडौं । नेपालका सबै जिल्ला अर्थात ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

संक्रमण फैलिएका जिल्लाहरुमध्य देशको राजधानी काठमाडौंमा सबैभन्दा बढी संक्रमण भएको छ भने सबैभन्दा कम संक्रमण भएका जिल्ला मुस्ताङ् हो ।

काठमाडौंमा जम्मा संक्रमितको संख्या ४ हजार ३ सय २२ पुगेको छ भने निको हुनेको संख्या १ सय १० मात्रै छ । यसैगरी २१ जनाको मृत्यु भईसकेको छ भने बाँकीको उपचार भईरहेको छ ।

यसैगरी मनाङ्मा आजसम्म १ जनामात्रै संक्रमित रहेका छन् भने उनी पनि निको भईसकेका छन् ।
कोरोना संक्रमणका कारण ४३ जिल्लामा गरी २ सय ५७ जनाको मृत्यु भईसकेको छ । देशैभर गरी जम्मा ७ लाख ३१ हजार ८ सय ५२ जनाको पिसिआर गरिएकोमा ४२ हजार ८ सय ७७ जना संक्रमित भेटिएका छन् ।

बिहिबारसम्म निको हुनेको संख्या २४ हजार २ सय ७ जना रहेको छ भने १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्य २१–३० उमेर समुहका ६ हजार ६ सय ७९ गरी सबैभन्दा प्रभावित बनेका छन् ।

यसैगरी ३१–४० उमेर समुहका ४ हजार १ सय ४३ जना रहेका छन् । तेस्रो संक्रमित उमेर समुह ११–२० को हो । ३ हजार ६ सय १० जना यो समुहका संक्रमित रहेका छन् । यसैगरी ४१–५० उमेर समुहका १ हजार ७ सय ९६ जना रहेका छन् ।

यसैगरी ५१–६० उमेर समुहका ६ सय ५७ जना रहेका छन् भने ६१–७० उमेर समुहका २ सय १७ जना रहेका छन् ।

७१–८० उमेर समुहका जम्मा ५४ जना मात्रै रहेका छन् भने ८१–९० उमेर समुहका १४ जना रहेका छन् ।

यि हुन् हजार नाघेका दर्जन जिल्ला

काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन् । तर काठमाडौको यो संख्या काठमाडौंको मात्रै होईन, विभिन्न जिल्लाबाट काठमाडौं आई अस्थायी बसोबास गरेकाहरुको समेत याँहा समावेश गरिएको छ । यसैगरी पर्सा, रौतहट, सर्लाही, कैलाली, मोरङ्, धनुषा महोत्तरी, कपिलवस्तु, दैलेख, रुपन्देही र बाँकेमा संक्रमितको संख्या १ हजारभन्दा माथि छ ।

जिल्लागत बिवरण हेर्नुहोस्

भदौ १९ गते, २०७७ - १०:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top