Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अर्थतन्त्र उजाड, सेयर बजारमा हरियाली

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर संकटमा रहेका वेला अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा भने हरियाली छाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लकडाउनका वेला बन्द रहेको सेयर बजार खुलेपछिका दुई महिनामा सेयर बजार ३ सय ३२ अंकले बढेको छ । १५ असारमा ११ सय ७८ अंकमा रहेको नेप्से बिहीबार १५ सय १० बिन्दुमा पुगेको छ । नेप्से सूचकमा मात्रै होइन, दैनिक कारोबार रकम पनि पाँच महिनायताकै उच्च ४ अर्ब १८ करोड रुपैयाँ भएको छ ।

मुलुकको आर्थिक वृद्धि ऐतिहासिक रूपमा कमजोर हुँदै माइनसमा जाने सम्भावना छ । ६ महिनादेखि लगातार आर्थिक गतिविधिमा अवरोध हुँदा कृषिबाहेककै क्षेत्रबाट २५ देखि ३५ लाख नेपालीले रोजगारी गुमाइसकेको अनुमान छ ।

त्यति मात्रै होइन, सेयर बजारमा सूचीकृत कम्पनीहरूको नाफाको दर पनि तीव्र रूपमा घटेको छ । बैंकहरूले बाँड्ने प्रतिफल दर १८ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ । समग्र अर्थतन्त्र मात्रै होइन, सेयरमै लगानी गर्दा प्राप्त हुने प्रतिफल घट्दासमेत बजार गुल्जार भइरहनु भने आश्चर्यको विषय हो ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तर र लगानीको अन्य क्षेत्र खुम्चिएका कारण सेयर बजारमा सकारात्मक प्रभाव परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘तरलताकै कारण सेयर बजार छ, तर यसमै मात्रै आधारित भएर बजार बढ्नु ठीक हो वा होइन, मेरो बुझाइ भन्दा बाहिर छ,’ उनले भने ।

अन्य क्षेत्रमा लगानी माग नहुँदा बैंकहरूले बोलाएरै सेयर कर्जा दिइरहेको लगानीकर्ता बताउँछन् । जसले गर्दा आयातमा लाग्दै आएका व्यापारीदेखि लगानी क्षेत्र नपाएकाहरूले सेयर बजारमै पैसा खन्याइरहेका छन् । विशेष गरेर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा समूहले कारोबार रकममा उचाइ थपिरहेको छ । तर, सेयर बजारको करिब ७५ प्रतिशत हिस्सा यही क्षेत्रमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकहरूमा २ खर्ब रुपैयाँ अधिक तरलता छ । सामान्य अवस्थामा प्रणालीमा ६०–६५ अर्ब रुपैयाँ अधिक तरलता हुन्थ्यो । लकडाउन सुरु हुनुअघि १२–१५ प्रतिशतसम्म रहेको ब्याजदर घटेर ८–९ प्रतिशतसम्ममा आइपुगेको छ ।

कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले बजारमा तरलता बढाउने तथा ब्याजदर घटाउने नीति लिएकाले यो स्थिति सिर्जना भएको हो । त्यस्तै, बैंकहरूलाई सेयर धितोमा कर्जा प्रवाह गर्ने मार्जिन पनि प्रशस्त बाँकी छ । बैंकहरूले गत असारसम्म सेयर धितो (मार्जिन प्रकृतिको कर्जा) मा ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरूले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशतसम्म मार्जिन प्रकृतिको कर्जा दिन पाइने व्यवस्था छ । गत असारसम्म बैंकहरूसँग करिब ४ खर्ब ८१ अर्ब ६६ करोडमा प्राथमिक पुँजी छ । यस आधारमा बैंकहरूले थप १ खर्ब ४२ अर्ब लगानी गर्न सक्ने ठाउँ छ ।

सोही कारण कर्जा लगानीमा समस्या खेपिरहेका बैंकहरूले सेयर धितो कर्जा बढाइरहेका छन् । तर, अन्य कर्जाहरू पनि गइरहेकाले यसैमा केन्द्रित नभएको दाहालको दाबी छ । ‘हुन त व्यक्तिगत रूपमा जाने कर्जा पनि सेयर बजारमा गएको हुन सक्छ,’ उनले भने, ‘लकडाउन र निषेधाज्ञाको समयमा सेयरबाहेक जलविद्युत् आयोजना, आवासलगायतमा कर्जा गएको छ ।’ जोखिम नै बढ्ने गरेर बैंकहरूको लगानी सेयर केन्द्रित भने नभएको दाहालको स्पष्टीकरण छ ।

दैनिक कारोबार रकमका आधारमा हालसम्मकै उच्च कारोबार रकम ४ अर्र्ब ८४ करोड रुपैयाँ हो । अहिले दैनिक ४ अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । सामान्य अवस्थामा भन्दा यो कारोबार रकम बढी हो ।

३० वैशाखदेखि ४ साउनमा दैनिक औसत ७१ करोड रुपैयाँको कारोबार भइरहेको थियो । अनिश्चितताका कारण सो समय बजार वृद्धिकै दिशामा भए पनि कारोबार रकम भने वृद्धि हुन सकेको थिएन । तर, पछिल्लो १७ कारोबार दिनमा नेप्से वृद्धिको दिशामा मात्र देखिएको छैन, दैनिक औसत कारोबार १ अर्ब ६९ करोड पुगेको छ ।

बैंकहरूको अघिल्लो आव ०७५–७६ मा औसत प्रतिफल १८ दशमलव ५ प्रतिशत थियो । अहिले बढीमा औसत १२ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा छन् । ६ प्रतिशतभन्दा कम लाभांश पाउने अवस्थामा पनि बजार भने बढिरहेको छ ।

बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेका कारण समेत सेयर बजारमा पुँजी भित्रिएको आकलन छ । बैंकको निक्षेपमा पाउने ब्याज र सेयरमा पाइने प्रतिफलमा खासै अन्तर नहुने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् ।

उनी भन्छन्, ‘निक्षेपकर्ताले १ सय रुपैयाँमा ब्याज पाउँछन्, तर ३–४ सय रुपैयाँ हालेर किनिएको सेयरबाट पाइने लाभांश दर कम हुन आउँछ ।’ तिवारीले भने जस्तै बजारमा कारोबार भइरहेको ३ सय रुपैयाँको सेयरमा १२ प्रतिशत प्रतिफल पाउनु भनेको वास्तवमा ४ प्रतिशत मात्र हो ।

अहिले बैंकहरूले असोजसम्म उठ्ने कर्जालाई पनि आधार मानेर गत आर्थिक वर्षको वित्तीय विवरणमा जोड्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । तैपनि, खासै प्रगति देखिएको छैन । हाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतका कारण बैंकहरूको कर्जा खराब हुन पाएको छैन, तर कर्जाको गुणस्तर भने खस्किएको छ । तरलता आडमा बैंकहरूले नै नेतृत्व गरेको सेयर बजारमा यस्ता प्रभाव नदेखिनुले बजारमै पनि जोखिम बढाएको छ ।

बिमा र निर्जीवन बिमा कम्पनीमा पनि लगानीकर्ता आकर्षित भएका छन् । मूलतः जीवन बिमा कम्पनीहरूले अघिल्लो आवको नाफाबाट लाभांश दिनै बाँकी छ । बजारमा रहेका सातमध्ये दुइटाले मात्र आव ०७५–७६ को लाभांश घोषणा गरेका छन् ।

पुरानो वर्षकै लाभांश बाँकी रहेकाले पनि यस क्षेत्रमा आकर्षण छ । निर्जीवन बिमा, लघुवित्तलगायतका साना पुँजीका कम्पनीहरूको सेयरमा खेल्न सकिने भएकाले पनि चलाख लगानीकर्ता मिलेमतोमा यसमा लागेको स्रोत बताउँछ ।

लकडाउनका कारण दुर्घटना कम हुँदा निर्जीवन बिमा कम्पनीहरूमा दाबी कम पर्ने अवस्था बनेकाले पनि केही लाभ पुगेको छ । तर, निर्जीवन बिमा कम्पनीहरूको गत आर्थिक वर्षमा मात्रै ७ प्रतिशतले नाफा बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसअघि यी कम्पनीहरूको नाफा ३ अर्ब २५ करोड थियो ।

जीवन बिमा कम्पनीहरूको पनि नाफा ४ प्रतिशतले मात्रै वृद्धि भएर ४ अर्ब रुपैयाँ पुगेको थियो । यसअघि ३ अर्ब ७२ करोड नाफा गरेका थिए । कतिपय निर्जीवन बिमा कम्पनीहरूले केही वर्षदेखि लाभांश दिएका छैनन् भने केही मात्रले गत आर्थिक वर्षबाट लाभांश दिएका छन् ।

औसतमा निर्जीवन बिमा कम्पनीहरूले करिब ९ प्रतिशत हाराहारी लाभांश घोषणा गरेका छन् । लकडाउन र निषेधाज्ञाले दुवै किसिमका बिमा कम्पनीहरूको व्यवसायमा समेत समस्या परिरहेको छ ।

‘जीवन बिमा योजनाहरूको बिक्री गर्न चहलपहल हुनुपर्छ,’ सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने, ‘पुराना कम्पनीहरूलाई नयाँ ग्राहक बढाउन र भएकैको बिमा नवीकरण गर्न पनि समस्या छ ।’

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगानीको मुख्य माध्यम रहेको निक्षेपमा समेत ब्याजदर कम भएकाले यसबाट हुने प्रतिफलसमेत घट्न थालेको बताउँछन् । ‘लगानी गर्ने ठाउँ अभाव भएको छ, बैंकको ब्याजदर घटेकाले यसबाट हुने प्रतिफल समेत खुम्चिने अवस्था भने छ,’ पाण्डेले भने ।

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पदको समयावधि सकिन लागेकाले उनी मन्त्रीमा नरहने चर्चाबीच बजार वृद्धिको दिशामा अगाडि बढेको थियो । जसलाई अहिले बजारमा बढ्दो तरलता र लगानी क्षेत्र अभावले मलजल गरेको छ ।

बजारमा केही मात्र सेयरहरू ओभर भ्यालुड भएकाले बजार घट्नै पर्छ भन्ने होइन । तर, आर्थिक, व्यावसायिक वातावरणसमेत अनिश्चित बनिरहँदा पनि वृद्धि स्वाभाविक भने नदेखिने सरोकारवालाहरू बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies