Khabar Dabali Logo
  January 21, Thu

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

क्यानबेरा । कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ ।

बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ ।

सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् ।

गत मार्च महिनामा पनि ०.३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ ।

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन् ।

उनले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोनाभाइरसका कारण पहिलोपटक रोकिएको छ भने ।

प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताए ।

आर्थिक सहयोग तथा विकास संगठनले जुन महिनामा संगठनमा आबद्ध मुलुकहरुको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ ।

भदौ १७ गते, २०७७ - १५:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ प्रशासनद्वारा ६ महिनामा एक करोड १७ लाख राजस्व सङ्कलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले...   

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

वाग्मती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन्...   
काडमाडौँ महानगरपालिकाको तीन विधेयक पारित

काडमाडौँ महानगरपालिकाको तीन विधेयक पारित

काठमाडौँ । काडमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा...   

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली

कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व...   

गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु...   

निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप

भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको...   

सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते

सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको...   

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...   
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...   

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top