


चौधरीको होटेलमा कांग्रेस गठबन्धन : राष्ट्रपति रामचन्द्र, सभापतिमा शशांक ?


-
-
भदौ १७ गते, २०७७ - ०८:१८

काठमाडौं । दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ – धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यति बेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को लकडाउनमै थियो ।
सानेपास्थित उनको होटल भिभान्तामा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट, डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन थियो, शेरबहादुर र शशांकलाई मिलाउने । सूत्रधार थिइन्, देउवापत्नी आरजु राणा ।
गठबन्धनमा शेरबहादुरको तर्फबाट लिट्टिल एजल्स स्कुलका साहु उमेश श्रेष्ठ, व्यापारी विनोद चौधरी, मकवानपुरे नेता इन्द्र बानियाँ थिए भने सशांकको तर्फबाट डा.मीनेन्द्र रिजाल, दीपक गिरी र दीपक खड्का देखिए । यी ६ भाइ चाहिँ पाँचमा पाँचै दिन भेला भए । तर, बीचैमा बिनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारिन्टिनमा छन् ।
यो गठबन्धनले गरेको सहमति यस्तो छ, अबको प्रधानमन्त्रीमा शेरबहादुर, राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी महामन्त्री आरजु राणालाई बनाउने गरी सभापतिमा शशांक कोइरालालाई समर्थन गर्ने । र, रामचन्द्रलाई सभापतिको उम्मेदवार हुनबाट फिर्ता गर्ने काममा सशांक र डा.मीनेन्द्रले पहल गर्ने । तर, विमलेन्द्र निधी, शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मलाई त्यहाँ वास्ता गरिएन ।
उनीहरुलाई पनि त्यही सहमतिभित्र ल्याउन सकिने विश्वासका कारण वास्ता नगरिएको सहभागी एक नेताले सुनाए । यसबाहेक अर्जुननरसिंह केसी र कृष्ण सिटौलाका को–को मान्छे यो गठबन्धनमा आउलान् ? तिनका पद व्यवस्थापन कसरी गर्ने ? जस्ता प्राविधिक विषयहरु बुधबारदेखि सल्ट्याउँदै जाने भन्ने कुरा थियो । तर, चौधरीको कोरोनाले सबै कुरा रोकियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...

प्रतिकृया लेख्नुहोस्:
- देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
- चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
- मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो