Khabar Dabali Logo
  January 16, Sat

लकडाउनका मारमा ‘कुखुरापालन व्यवसाय’

धनुषा । कोरोना भाइरस (कोभिड९१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ ।

चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भने, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, बजारको पनि अभाव थिएन । बन्दाबन्दीपछि कुखुराको बिक्री ह्वातै घट्यो, बिक्रीका लागि तयारी अवस्थामा रहेका एक हजार ६०० कुखुरा विक्री भएन, यसले आाफूलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।” “घरमा भएको दाना सकिँदै जाँदा खरिद गर्नलाई रकमको अभाव भयो । पसलेले उधारोमा दिन पत्याएनन्, करीब ९०० वटा कुखुरा दाना नपाएर मर्यो”, उनले भने । दानाको अभावमा कुखुरा धमाधम मर्न थालेपछि बाँकी कुखुरा कम मूल्यमा बिक्री गर्न वाध्य भएको र कतिपय कुखुरा त आफन्तलाई सित्तैमा पनि दिएको यादवले बताए ।

बन्दाबन्दीअघि जिउँदो कुखुरा घरबाटै प्रतिकेजी रू १८० का दरले बिक्री हुन्थ्यो । तर बन्दाबन्दीका कारण दाना नपाएर कुखुरा मरेपछि २ हजार ७०० केजी मासु नष्ट गर्नुपरेको र यसबाट आफूलाई रू चार लाख ८६ हजार नोक्सान भएको उनको दाबी छ । मर्नुभन्दा पहिले वितरण गरेको कुखुराबाट अनुमानित रू। दुई लाखको व्यापार भएको यादवको भनाइ छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका कनरपट्टीस्थित कृष्ण साहले सञ्चालन गरेको कृष्ण पोल्ट्री फार्ममा गएको माघ ६ गते एक हजार चला ल्याइएको थियो । व्यवसाय बढाउन साहले बैंकबाट ऋण समेत लिए । फागुन अन्तिमतिर चल्ला बढेर बिक्रीका लागि तयार भयो । तर, चैतको ११ गतेदेखि शुरू भएको बन्दाबन्दीका कारण २५९ वटा कुखुरा मात्र बिक्री गर्न भ्याए, बाँकी ८४१ कुखुरा यत्तिकै खेर गयो । बन्दाबन्दीका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि प्रतिकिलो रू. ५० मा बिक्री गर्न वाध्य भएको उनको भनाइ छ । “बन्दाबन्दीका कारण डिलरले कुखुरा नउठाउँदा लगानी डुब्यो”, उनले भने, “कर्जा लिएर गरेको व्यवसाय नै डुब्यो, अब कसरी कर्जा तिर्नु ?”

बन्दाबन्दीअघि साहले प्रतिकिलो रू. १६० देखि रू. १८० मा बिक्री गरेको कुखुरा बन्दाबन्दीपछि प्रतिकिलो रु ५० मा बिक्री गर्नुपरेको बताए । बन्दाबन्दीका कारण रू. चार लाख ५४ हजारभन्दा बढी नोक्सानी भएको उहाँको भनाइ छ । सानो लगानीबाट कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल यादव र साहजस्ता थुप्रै व्यवसायीहरू कोरोना भाइरसको चपेटामा परेका छन् ।

कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि रू. ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा रू. चार हजारदेखि रू. पाँच हजार ४०० सम्म पुगेको थियो । त्यो पनि समयमा पाउन मुश्किल छ । “मर्न लागेको कुखुरा बचाउने कुनै विकल्प थिएनन् । एक हजार कुखुरा एक महीना मात्रै बचाउँदा कम्तीमा रू। पाँच लाखको दाना खान्छ”, व्यवसायी साहले भन्नुभयोे, ‘कोरोना सङ्क्रमणको महामारी हामी व्यवसायी मारमा परेका छौं ।” सानो प्रयासबाट आर्थिक स्थितिलाई सुधार गर्दै लगेका विपन्न परिवारलाई बन्दाबन्दीका कारण पुनः गरीबीको दुष्चक्रमा पर्ने जोखिम बढेको छ ।

धनुषामा करीब २०० किसान ब्रोइलर कुखुरापालनमा व्यवसायमा संलग्न छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्र महासेठले जिल्लामा प्रत्येक महीना एक लाख कुखुरा उत्पादन हुँदै आएको छ । तर, कोरोना महामारीले गर्दा दाना नपाउने र बजारसम्म लान नसक्ने समस्याका कारण व्यवसाय नै धरापमा परेको बताए । जिल्लामा कुखुरापालन व्यवसायले करीब एक हजारलाई रोजगारी दिएको मासु व्यवसायी सङ्घ धनुषाका अध्यक्ष हुसैन कवारीले बताए ।

यसरी लकडाउन निषेधाज्ञा थपिदै गयो भने बेरोजगारी समस्या सृजना हुनुका साथै कोरोनाले भन्दा पनि भोकमरीले पहिले मरिन्छ कि भन्ने डर भएको अध्यक्ष कवारीले भने ।

भदौ १५ गते, २०७७ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...   

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...   
इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित

जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...   
हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा

हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा

वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...   

जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...   

रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन

चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...   

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...   

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...   

देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top