Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मन्त्रिपरिषद् निर्णयलाई चुनौती

काठमाडौं। मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममा बाहेक कुनै पनि तह र पदमा नयाँ कर्मचारी नियुक्त नगर्ने र दरबन्दी पनि नथप्ने निर्णय गरेको थियो । तर सो निर्णयविपरीत श्रम मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयले दर्जनौं नयाँ दरबन्दी थप्न प्रस्ताव गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र सर्वोच्च अदालतबाट अत्यावश्यक काम देखाएर ओएनएम परिमार्जन गर्न र दरबन्दी थप्न मन्त्रालयमा प्रस्ताव आएको जानकारी दिए ।

अधिकारीका अनुसार ती निकायमा अत्यावश्यक काम भएको पुष्टि भएपछि मात्र दरबन्दी थप गरिनेछ । अहिले संघीय मामिला मन्त्रालयले ती निकायमा अत्यावश्यक काम भएनभएको विषयमा अध्ययन गरिरहेको उनले बताए ।

संघीय मामिला मन्त्रालय स्रोतका अनुसार श्रम मन्त्रालयले उपसचिवका १७ वटा दरबन्दी थप्न प्रस्ताव गरेको छ । ‘श्रमले सुरुमा सहसचिव थप गर्न प्रस्ताव गरेको थियो । सहसचिव थप्न नसकिने भनेपछि १७ उपसचिव थप्न प्रस्ताव आएको छ,’ संघीय मन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालयमा परराष्ट्र सेवाका एक सहसचिवको दरबन्दी थप्न परराष्ट्रले प्रस्ताव गरेको छ । राष्ट्रपति कार्यालयले सोझै प्रस्ताव नगरी परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव भएको हो ।

राष्ट्रपति कार्यालयमा अहिले परराष्ट्रका एक उपसचिवको दरबन्दी छ। राष्ट्रपति कार्यालयमा हाल ६८ दरबन्दी छन् । परराष्ट्रले पनि मन्त्रालयअन्तर्गत उच्च तहकासहित ३८ दरबन्दी थप्न प्रस्ताव गरेको छ ।

यसैगरी महालेखा नियन्त्रकको कार्यालयले लेखा परीक्षक अधिकारी थप्न प्रस्ताव गरेको छ । संघीय मन्त्रालय स्रोतका अनुसार महालेखाबाट १ सय १७ दरबन्दी थप्न प्रस्ताव भएको छ । जसमा लेखा परीक्षकको दरबन्दी घटाई लेखा परीक्षक अधिकारीको दरबन्दी बढाउन प्रस्ताव गरिएको छ । सर्वोच्च अदालतले उच्च अदालतहरूमा दरबन्दी थप्न प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies