Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

बिक्री भएनन् माटोका भाँडावर्तन

इनरुवा । गत वर्षको चौठचन्द्र्र (चौरचन) पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गरेका थिए । उनले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिएका थिए । यस बर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत आम्दानी लिन मुश्किल रहेको उनले गुनासो गरे ।

त्यसैगरी इनरुवा–२ लक्ष्मी पण्डितले पनि गत बर्षको सो पर्वमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी लिनुभएको थियो । उनले भने,“यस वर्षको पर्वमा अपेक्षाकृत आम्दनी लिन सकिएन । ” यी दुई जना पण्डित अर्थात कुम्भकार समुदाय सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । इनरुवा सहित कोशी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह, दुहबी लगायतका क्षेत्रमा रहेका ती समुदायले यस वर्ष माटोको भाँडाबाट अपेक्षाकृत आम्दानी गर्न नसकेको बताएका छन् ।

कोरोनाको जोखिम हुन नदिन स्थानीयतह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका कारणले भाँडावर्तन बनाएको भएपनि विक्री वितरण हुन नसकेको लक्ष्मीले जानकारी दिए । चाडपर्व लक्षित गरेर विभिन्न किसिमको माटोका भाँडा बनाएको भएपनि लकडाउनका कारणले स्थानीय स्तरमा लाग्ने हाटबजार नलागेकाले समस्या भएको कुम्भकार समुदायले जनाएका छन् । नेपाल प्रजापति कुम्भकार सङ्घका सुनसरीका अध्यक्ष ज्ञानदेव पण्डितले माटोका भाँडा वर्तनको बिक्रीबाट आएको आम्दानीबाट घरपरिवार चलाउदै आएकोमा यस बर्ष हाटबजार नलागेको कारण झन् समस्या भएको बताए ।

अर्को तर्फ ती समुदायले स्थानीय तहले कोरोना भाइरस महामारीका बेला राहत नदिएको गुनासो गरेका छन् । आफूलाई एक पटक मात्र राहत दिएकाले कसरी घर परिवार चलाउने भन्ने समस्याले पिरोली रहेको लक्ष्मीको भनाई छ । माटो र दाउराको अभाव रहँदा भाँडावर्तनले बजार नपाउदा निकै समस्या हुने गरेको कुम्भकार समुदायले बताएका छन् ।बनाएको माटोका सामग्री बिक्री वितरण नभएको र लगानी अनुसारको आम्दनी नभएकाले युवा पुस्ताको यस पेशा प्रति आकर्षण घटेको कुम्भकार समुदायका अगुवा ज्ञानदेवको भनाई छ ।

विभिन्न राजनीतिकदलले कुम्भकार समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको जनाउँदै आफ्नो समुदायको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन भएको सङघ उपाध्यक्ष पण्डितले बताए । तराई मधेश क्षेत्रमा आगामी शनिबार चौठचन्द्र पर्व मनाइँदै छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies