Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग

पोखरा । पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा पनि परेको थियो ।

झण्डै चार महिनाको बन्दाबन्दी र त्यसयताको सङ्क्रमणकालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए । “कोरोना सङ्क्रमणबाट यहाँका ज्येष्ठ नागरिकलाई जोगाउनु चुनौतीपूर्ण छ नै, अर्कोतफर्ए उनीहरुको खानपानलगायतको व्यवस्थापन अर्को चुनौती छ”, उनले भने, “सङ्क्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।”

उनका अनुसार आमाबाबालाई पालनपोषण गर्न अप्ठ्यारो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा जनस्तर तथा विभिन्न सङ्घसंस्था र विदेशमा रहनु हुने नेपालीबाट समेत आर्थिक एवं खाद्यान्न सहयोग रहँदै आएको छ ।

बन्दाबन्दीको अवसरमा आप्mनो स्वास्थ्यको समेत प्रवाह नगरी १५० विभिन्न सङ्घसंस्था व्यक्तिबाट वृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, “मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्फत नेपाल मकाउ सङ्गठन, नेलम्वो, पोखरा तरकारी बजारलगायतबाट नगदसहित खाद्यान्न एवं तरकारी सहयोग प्राप्त भएको थियो ।”

समाजका विपन्न, असहाय एवं असक्त ज्येष्ठ नागरिकको सहारा बन्ने उद्देश्यका साथ विसं २०५३ मा स्थापना गरी सञ्चालनमा आएको वृद्धाश्रममा वृद्धवृद्धा र सेवकसेविकासहित कूल ५५ जना रहनुभएको सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले जानकारी दिए । घरमा आफ्ना दुई बुबाआमालाई समेत स्याहारसुसारजस्ता सेवा पुर्याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको उनले बताए ।

उनका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेविकाको तलब तथा अन्य सरसफाइ एवं उपचारमा समेत गरी मासिक रु एक लाखभन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपाङ्गता चार जना आश्रित छन् । वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्नेगर्छन् । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलब्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।

एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगबाट रु पाँच करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । आश्रममा आश्रित अशक्त एवं दीर्घरोगीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयार भए पनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक नर्स सहित हप्तामा एक दिन चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएको छ ।

परिवारबाट अपहेलित एवं कोही आफन्त नभएका समाजका बेसहारा ज्येष्ठ नागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पूरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामूहिक धारणा रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies