Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिन नगर्न आह्वान

ललितपुर । महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेको पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ ।

मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो ।

नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गर्नुभएको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने कुशेऔँसी तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।
 
यसैगरी ललितपुर महानगरपालिका-२४ ले आआफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ ।

वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ-आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गरे ।

वडाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन तथा यदि निस्कनै परेमा मास्क लगाउन तथा कोभिड सुरक्षा सतर्कता अपनाउनसमेत महानगरवासीलाई अनुरोध गरेको छ ।  रासस 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies