Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिमसिम पानीमा बिरामी डोकोमा

\"\"

जाजरकोट । शुक्रबार भेरी नगरपालिका–११ मा एकनासले सिमसिम पानी परिरहेको थियो । सिमसिमे पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए ।

सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा चौरजहारी अस्पतालमा बिरामी ल्याउन बाध्य भएको पानीमा भिजेका श्याम विकले बताए । “हाम्रो गाउँमा सडक पुगेको छ, तर हामीसँग गाडीमा बिरामी लैजानका लागि पैसा छैन । गाडीलाई दिने पैसाले उपचार गर्न सजिलो होला भनेर डोकोमा बोकेर ल्याएका छौँ”, उनले भने, “बिरामीलाई स्वास्थ्य लैजाने पैसा छैन भनेर हारगुहार धेरै ठाउँमा गरेका थियौँ तर हाम्रो कुरा कसले पो सुन्थ्यो र ? गाडीवालाले पनि डोकोमै बोकेर चार घण्टामा पुगिने ठाउँमा रु १५ हजार भन्छन्, यत्रो पैसा कहाँबाट दिनु ?”

भेरी नगरपालिका–११ को दलित बस्तीमा बिरामी हुने अधिकांश सर्वसाधारण बिरामी हुँदा डोकोमा राखेर उपचार गर्न ल्याइने गरेको अर्का स्थानीयवासी घनश्याम विकले बताए । उनले भने, “कतिले त उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । उपचार गर्ने पैसा छैन, रोग पालेर बस्दाबस्दै धेरैको ज्यान गएको छ ।”

उनका अनुसार पहुँच हुने र हुनेखानेले घरको प्राङ्गणमै गाडी ल्याएर बिरामीको उद्धार गरी सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजान्छन् तर गरिबले भने सिटामोल किन्ने पैसा नहुँदा दैनिक हारगुहार माग्नुपरेको अवस्था छ । “बाह्र जना दलित समुदायका सर्वसाधारण घरबारविहीन अवस्थामा छन्”, स्थानीय युवा अमृत विकले भने, “गाँस र बासको ठेगान नभएका सर्वसाधारण बिरामी हुँदा झन् के हालत होला ?”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका दलित सर्वसाधारणको समयमा उपचार नपाएर अकालमै ज्यान जाने गरेको छ । आर्थिकरूपमा कमजोर रहेका दलित समुदायका मानिस रोग पालेर मृत्युको मुखमा पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाको कम पहुँच रहेको बारेकोटमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या ठूलो छ । स्वास्थ्य संस्थामा आउन र जानका लागि मात्र एक दिनभरि लाग्ने बारेकोट गाउँपालिकाका विभिन्न बस्तीमा प्रभावकारी उपचार सेवा पाउन मुस्किल भएको बारेकोट–५ का दानबहादुर विकले बताए । सबै ठाउँमा फोन नलाग्ने भएकाले कतिले कहाँ ज्यान जान्छ थाहासमेत नहुने गरेको विकले बताए ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा समेत प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा धेरैको ज्यान जाने गरेको छ । वडकुलेको स्वास्थ्य संस्था निर्माण गर्न लागेको नौ वर्ष बित्यो, अहिलेसम्म निर्माण पूरा भएको छैन । गाउँपालिकाको पहलमा अहिले गर्खाकोटमा चिकित्सक ल्याएर गाउँमै उपचार गर्ने वातावरण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । “अझै गाउँगाउँमा स्वास्थ्य संस्था छैनन्, कतिको उपचार नपाएर मृत्यु हुन्छ होला हामीसम्म सूचना नै पुग्दैन”, शाहीले बताए । आर्थिक हैसियत भएकाहरु सुविधासम्पन्न ठाउँमा गएर उपचार गर्ने तर गरिबहरु उपचार नपाएर ज्यान गुमाउने अवस्था रहेको उनले बताए ।

जिल्लाका अधिकांश दुर्गम गाउँमा आर्थिक हैसियत कमजोर भएका सर्वसाधारणको उपचार नपाएर मृत्यु हुने गरेको छ । दिनभरि हिँडेर स्वास्थ्य संस्था आएर जाँच गर्दा सिटामोलबाहेक अरु केही नपाइने भएपछि स्थानीय स्वास्थ्य संस्थाप्रतिको विश्वाससमेत गुम्दै गएको छ । गाउँगाउँमा रहेका औषधि पसलले जथाभावी औषधि दिँदा स्वास्थ्य संस्थाको औषधिले काम नै नगर्ने अवस्थामा पुगेको स्वास्थ्य सेवा कार्यालयका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले जानकारी दिए ।

दुई महिनाको अन्तरालमा जाजरकोटमा ३० भन्दा बढी सर्वसाधारणको उपचार नपाएर मृत्यु भएको छ । गाउँमा कहाँ के भएको छ भन्ने सूचना पाउनै मुस्किल भएपछि उद्धारमा समेत कठिन भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । गाउँबाट सदरमुकाम ल्याइने अधिकांश बिरामी डोकोमै बोकेर ल्याउने गरिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies