Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि त्यस क्षेत्रमा सवारी साधन घण्टौं जाममा पर्दै आएका छन् भने सवारी साधन हिलोमा फस्ने गरेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - महालक्ष्मी नगरपालिकाको सिद्धिपुर सडक पूरै हिलाम्मे हुँदा बिहीबार दिनभरि नै सवारी साधन जाममा परेका छन् । स्थानीय बालगोविन्द महर्जनले मुआब्जा लिएर पनि आफ्नो घर अगाडिबाट पानी बग्न नदिएपछि ग्वार्को–लुभु आवातजावत गर्ने सवारी साधनको बिचल्ली हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

एक स्थानीयका अनुसार महर्जनले आफ्नो घर अगाडिबाट वर्षाको पानी बग्न नदिएर सडक क्रस गराएर वर्षाको पानी सडकमा हालेका हुन् । स्थानीयले नगरपालिका र स्थानीय प्रशासनले वर्षाको पानी सडकमा हाल्ने बनाउँदा पनि मुकदर्शक बनेको भन्दै आक्रोस पोखेका छन् ।

स्थानीय गोविन्द महर्जनले दायाँबाट बग्ने पानी दायाँ र बायाँबाट बग्ने बायाँबाट बग्न दिनुपर्नेमा क्रस गराएपछि सडक हिलाम्मे भएको र पानी पर्दा सवारी साधनहरू घण्टौं जाममा पर्ने गरेको बताए । वर्षासँगै निरन्तर पानी परेपछि उक्त स्थानमा दुई महिनादेखि समस्या पर्दै आएको छ ।

ग्वार्को–लामाटार हुँदै लुभुदेखि काभ्रे पनौतीसम्म सडक सञ्जालले जोड्ने उक्त क्षेत्रमा सरकारले पनि सडक मर्मत सम्भारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । सडक फराकिलो बनाउने कार्यअन्तर्गत त्यस क्षेत्रमा पिचको काम पनि हुँदै आएको छ तर त्यसमा पनि ढिलासुस्ती भएको स्थानीय बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies