Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनाले सिङ्गै अख्तियार ‘हायलकायल’ समातिन लागेका भ्रष्टाचारीलाई हाइसञ्चो

काठमाडौं। कोरोना (कोभिड–१९) को संक्रमणले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ कर्मचारी थला परेका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ - २८२ जनाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा पोजिटिभ रिपोर्ट आएको छ । केही कर्मचारीको रिपोर्ट आउन बाँकी नै छ । अख्तियारमा कोरोना भयावह बनेपछि भ्रष्टाचार र छानबिनका सबै काम ठप्प छन् । सबैभन्दा बढी जोखिम घुस लेनदेनको स्ट्रिङ अप्रेसनमा परेको छ ।

घुस लेनदेनको शंकास्पद थलोमा सुराकी खटाएर रेकी गर्नुपर्ने र आरोपितलाई समात्न प्रहरी कर्मचारीसँगै पुग्नुपर्ने भएका कारण पनि बढी जोखिम भएको हो । यही मेसोमा यता भ्रष्टाचारका मुद्दा दर्ता हुने विशेष अदालतले अभियुक्तका मुद्दासँगै अनुसन्धान अधिकृत र आरोपितको पिसिआर साथमा नल्याए मुद्दा दर्ता नगर्ने निर्णय लिएको छ । अदालतले मुद्दा र अभियुक्तको सुरक्षार्थ आउने प्रहरीको पनि पिसिआर ल्याउन भनेको छ । अघिल्लो शुक्रबार नै पिसिआर अनिवार्य गर्ने गरी विशेषको पत्र अख्तियार पुगेको बताइन्छ ।

अख्तियारमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि यता विशेषले यो सजगता अपनाएको हो । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र भ्रष्टाचारका मुद्दामा अख्तियारको प्रतिरक्षा गर्ने विशेष सरकारी वकिलको कार्यालयलाई समेत पत्र पठाएर उच्च सावधानी अपनाउन भनेको छ ।

अख्तियारमा फैलिएको कोरोना, छानबिन र अनुसन्धान कार्य तत्कालका लागि अघोषित रूपमा स्थगन र यता विशेष अदालतको निर्णयपछि भ्रष्टाचारको कारबाही चिसिएको छ । पुराना रहलपहल घुस रिस्वतबाहेकका मुद्दा सातादेखि अदालतमा गएका छैनन् । जबकी लकडाउन शुरु भएपछि ११ चैतयता मात्रै विशेष अदालतमा सयभन्दा बढी मुद्दा दर्ता गरिएको छ । अघिल्लो शुक्रबारसम्म अदालतमा यो रेकर्ड कायम भएको छ ।

अख्तियारले एक साताको अन्तरालमा पछिल्लो समय सोमबार घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध घुस मुद्दा दायर गरेको थियो ।

ठेक्कापट्टाको अनुमतिपत्र (लाइसेन्स) बनाइदिने, मेसिन उपकरण किन्न अपुग कागजातसमेत आफै बनाई दिने बहानामा ९६ हजार ३ सय रुपैयाँ घुससहित उनी रंगेहात समातिएका हुन् । अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार कोरोनाको रिपोर्ट पोजिटिभ आउन थालेपछि मुख्य आयुक्तसमेतले केही दिन कार्यालय नगई आइसोलेसनमा बस्नु परेको थियो ।

‘करिव दुई सातादेखि अख्तियारमा चहलपहल छैन । पीडित व्यक्ति र सेवाग्राही उजुरी दिन अत्यन्त न्यून संख्यामा आएका छन्’, ती अधिकृतले भने, ‘आयुक्त ज्यूहरू समेत त्रासले हिजोआज फाट्टफुट्ट मात्रै कार्यालय आउनु हुन्छ ।’

तर अख्तियारका आयुक्तमा भने अहिलेसम्म कोरोना देखिएको छैन । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विशेष अदालतले पनि फ्रन्ट लाइनमा काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गराएको छ । तर, विशेषका सबै कर्मचारीको नेगेटिभ रिपोर्ट आएपछि अदालतमा भने कोरोनाको समस्या छैन ।

महामारीको जोखिम न्यूनीकरणका लागि विशेष अदालतले साउन ११ गते नै ‘जोखिम न्यूनीकरण कार्ययोजना, २०७७’ लागू गरेको थियो । उक्त कार्ययोजनाको परिपालनाका लागि मुद्दा दर्ता, म्याद थपलगायत कार्यमा समेत अनुसन्धान अधिकृतको पिसिआर अनिवार्य गरिएको छ ।

अदालतले मुद्दा दर्ता वा म्याद थपका लागि आउँदा न्यून संख्यामा उपस्थित हुन, अदालतमा बहस गर्न आउने प्रतिवादीका कानुन व्यवसायीलाई समेत सजग गराएको छ । तर, अख्तियारले समयमै कार्ययोजना नबनाएका कारण यो भयावह अवस्था सामना गर्नुपरेको हो । अख्तियारका प्रहरी र कर्मचारीलाई कोरोना लागेर ओच्छ्यान परेपछि यता घुस्याहाको राइँदाइँ हुने देखिएको छ ।

केही दिनअघिसम्म पनि काठमाडौंमै दैनिक तीनदेखि चार जनासम्म घुस्याहा कर्मचारी रंगेहात समातिने गर्थे तर एक सातादेखि अख्तियारको गतिविधि शून्यप्रायः छ । कोरोना सजगता अपनाएर भ्रष्टाचारमा र घुसखोरीका लागि चाँडो वैकल्पिक व्यवस्था अवलम्बन नगर्ने हो भने नापी, मालपोत कार्यालय, भूमिसुधार, यातायात व्यवस्था, प्रहरी, भन्सार, अदालत, सडक यातायातलगायत बढी सेवाग्राहीको उपस्थिति हुने कार्यालयमा अनेक बहानामा खुलेआम घुसको रजगज चल्ने खतरा रहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies