Khabar Dabali Logo
  September 24, Thu

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।

जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानिचा यात्रा गराइने विधि रहेको छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समिति अध्यक्ष गौतमले जानकारी दिए ।

“शास्त्रीय ग्रन्थमा ‘भरण्यां निशि पातयेत्’ भन्ने वाक्य उल्लेख भएअनुसार भदौ २२ गते बिहान ४ः०१ बजेसम्म अश्विनी नक्षत्र रहेकाले ४ः०६ बजे इन्द्रजात्राको लिङ्गो ढाल्नुपर्ने साइत समिति बैठकले शास्त्रीय मान्यताअनुसार सर्वसम्मतिले निर्णय गरेको हो”, उनले भने ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रासमेत हुन सकेको छैन । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

साउन २६ गते, २०७७ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

बाग्लुङ। बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस...   

हेटौँडामा दैनिक ५ टन पाउडर दूध उत्पादन क्षमताको उद्योग निर्माण हुने

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना...   

भरतपुर अस्पताल वरपरको भाग डुवानमा

चितवन । यहाँको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो...   

क्यानाडामा पनि कोरोना संक्रमण दोस्रो चरणमा : प्रधानमन्त्री ट्रयुडेउ

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री...   

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण

मङ्गलबारे । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई...   

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी...   

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।...   

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजारभन्दा बढी

वीरेन्द्रनगर । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका...   

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

काठमाडौँ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश...   

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

न्युयोर्क । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top