Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बेरूत विस्फोटमा मृत्यु भएका १५४ मध्ये ४३ सिरियाली नागरिक

बेरूत । लेबनानको राजधानी बेरूत शहरमा गत मङ्गलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ ।

दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका हुन् वा विस्फोटपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूमा आफ्ना नागरिकहरू परेको भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन ।

विज्ञप्तिमा भनिएको छ, “विस्फोटमा परी मृत्यु हुने सिरियालीको सङ्ख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ । यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन् । तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन् ।”

दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानूनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै वेपत्ता रहेको बताएको छ ।

घटनास्थलमा उपलब्ध एएफपीका प्रतिनिधिहरुका अनुसार विस्फोटमा परी मृत्यु भएका सिरियालीहरू बन्दरगाह शहरमा सामान लिएर प्रवेश गरेको पानीजहाजका चालक दलका सदस्य रहेको बताइएको छ ।

सिरियाली द्वन्द्वका कारण लेबनानमा करिब १५ लाख सिरियाली आप्रबासी तथा शरणार्थीहरू रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।

विस्फोटमा परी मृत्यु भएका १५४मध्ये २५ जनाको अझै सनाखत हुन सकेको छैन भने ६० जनाभन्दा बढी अझै हराइरहेको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार बेरूतमा भएको विस्फोटमा कम्तीमा पाँच हजार व्यक्ति घाइते भएका थिए । उनीहरूमध्ये १२० जनाको स्वास्थ्य अवस्था चोटका कारण गम्भीर रहेको र सबैको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies