Khabar Dabali Logo
  August 4, Tue

मेलम्चीको पानी अब मंसिरमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – ३० असारमा १ जनाको मृत्यु, १ बेपत्ता र २ जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप २ महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा २ महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप २ वटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यसकारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ ।
 
सुरुङ परीक्षण गर्न पानी पथान्तरण गरिएको बेला पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुस्केपछि अकस्मात् प्रवेशद्वार खुलेको थियो । नटबोल्टभन्दा पनि प्रवेश द्वार जडानमा त्रुटि भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले मङ्गलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई प्रतिवेदन बुझाएको छ ।

सुरुङ भित्रको ५२ मिटर उचाइसम्म पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेश द्वार जडान गरिएको थियो । तर, १६ मिटर उचाइको पानीमै प्रवेश द्वार खुल्दा दुर्घटना भएको थियो । घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । 

चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् । घटनापछि पानी पथान्तरणको काम स्थगित छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ ।

साउन १६ गते, २०७७ - ०७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका- ५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु...   

जुम्लामा टेलिफोन समस्या

जुम्ला । जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो...   

साँगाबाट काठमाडौं प्रवेश गरेका १३ जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । १ हप्तामा पूर्वी-नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा...   

युनुस ग्रुप सुन तस्करीमा, जेलबाटै योजना

काठमाडौं । भारतीय नक्कली नोट तस्करी प्रकरणमा युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको...   

एसिडपीडितलाई नि:शुल्क उपचारको समेत व्यवस्था छैन, उपचारमै सकिन्छ परिवारको जायजेथा

काठमाडौं । नवलपरासी कावासोती–८ का यमनारायण परियारलाई एसिड आक्रमणमा परेकी पत्नीको उपचार गर्दागर्दै...   

त्रिविको स्थगित परीक्षा दशैंअघि हुने सम्भावना न्यून

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने...   

यसरी सल्किँदैछ देशभर संक्रमण

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झण्डै चार महिनामा लकडाउन हटे पनि...   
१ भदौदेखि घलेगाउँ घुम्न पाइने

१ भदौदेखि घलेगाउँ घुम्न पाइने

लमजुङ । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ...   

चीनतर्फका सीमा स्तम्भ पहिचान

हुम्ला । उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत...   

फेरि जोर-बिजोर प्रणाली लागू गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top