Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हाइड्रोपावर प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

इलाम । इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी हाइड्रो सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर हाइड्रोमा लगाएको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । माईखोलाको पानीबाट निर्माण भइरहेको हाइड्रोले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीयवासी सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । परियोजना प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् ।

माईखोलाको पानीबाट निर्माण हुनुपर्ने हाइड्रोले अन्य साना खोला, खोल्साबाट समेत पानी मिसाएको स्थानीयवासीले बताएका छन् । बर्खाको समयमा जे जस्तो भए पनि हिउँदका दिनमा हाइड्रोसँग पानी माग्नुपर्ने स्थिति आएको स्थानीयवासी कुशबहादुर थेवेले बताए ।

परियोजनाको मुुख्य पानीको स्रोत माईखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ तर हाइड्रोले ससाना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि बस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरुको जिकिर छ । माईखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरुले बताएका छन् ।

सङ्घर्ष समितिले इङला र समाहखोलाको पानी ल्याउन बनाइँदै गरेको संरचना तत्काल रोक्न आग्रह गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक गोपाल थेवेको भनाइ छ ।

परियोजना सञ्चालन भएपछि मेगावाटअनुसार स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको रकम बेहोर्नु पर्ने प्रावधान हुन्छ तर सो रकमको पारदर्शितासमेत नरहेको उनको भनाइ छ । आफ्ना माग सम्बोधन नगरे कानूनी प्रक्रियामा जान आफूहरु तयार रहेको समितिले बताएको छ । सहायक खोलाको पानी मिसाउँदा सो क्षेत्रमा सुक्खा लाग्ने र खोलामा कमिला कुद्ने भएकाले पनि सो स्थिति आउन नदिन जनप्रदर्शनदेखि कानूनी उपचारसम्मको बाटो रोज्नुपर्ने दिन आएको समितिका सचिव मानबहादुर गुरुङले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies