Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए ।

“स्थानीय तह जनताको नजिकको सरकार हो, सङ्कटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन”, उनले भने । उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना सङ्क्रमित आत्तिन नहुने सुझाव दिए ।

फरक प्रसङ्गमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा काँग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए । प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, “प्रतिपक्षी दललेभन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ ।”

सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ हस्तान्तरण गरेका थिए । यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पिपिइ, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासङ्घ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies