Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारतबाट आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ । आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उनले बताए । उनका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगविरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्नेछ ।

“क्वारेन्टिनमा बस्दै आएकालाई रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुमा सकरात्मक सोचको विकास गर्न योगले सहयोग पुर्याउने विश्वास लिइएको छ”, कुमालले भने । उनका अनुसार क्वारेन्टिनमा बसेकालाई रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधिसमेत वितरण गरिएको छ । उक्त क्वारेन्टिनमा १८ जना छन् । क्वारेन्टिनमा बसिरहेकाले गीत सङ्गीतको माध्यमबाट योगसम्बन्धी प्रशिक्षण दिन थालेपछि खुशी व्यक्त गरेका छन् । क्वारेन्टिनमा बस्दा मानसिक तनाव हुने भएकाले योगले तनाव व्यवस्थापन गर्न मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिकाले गाउँफर्कोदय माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, तालवेशी माध्यमिक विद्यालय र खैरेनीर माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बनाएको छ । गाउँफर्कोदय माविमा २०, जनकल्याण माविमा १६ र खैरेनी माविमा १८ गरी ५४ जना क्वारेन्टिनमा छन् । तालवेशी माविमा रहेका १६ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि एघारौँ दिनपछि उनीहरुलाई घर पठाइएको छ ।

यसैबीच पोखरास्थित कुसुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्ण राउतले शुक्लागण्डकी नगरपालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि सहयोग गरेका छन् । उनले सात प्रकारका औषधि नगरपालिकाका उपप्रमुख सविता रसाइलीलाई हस्तान्तरण गरेका हुन् ।

ऋषिङ गाउँपालिकास्थित २८ वर्षीय युवकमा कोरोना पुष्टि भएर सोही नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडीबुटीको प्रयोग गर्न सुझाव दिएको छ । विभागले गुडुची चुर्ण ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार एक लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला दुई ग्राम र पाँच तुलसी पात एक लिटर पानीमा पकाएर, तेजपात र दालचिनी दुई ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव दिएको छ ।

शुक्लागण्डकीका चार क्वारेन्टिनमा रहेकालाई आयुर्वेद औषधिको मात्रा मिलाएर सेवन गर्न दिइने खैरेनीटार आयुर्वेद औषाधालयका प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies