Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

६ हजार ७४३ वडामा क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि सात सय ६५ वटा स्थानीय तहका ६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनका लागि आवश्यक गृहकार्य भइरहेको कारण देखाउँदै त्यसअनुसार सबै वडामा क्वारेन्टाइन निर्माणको तयारी गर्न उच्चस्तरीय समन्वय समिति र सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले त्यसअनुसार तत्काल स्थानीय तहहरूलाई परिपत्र पठाउनसमेत निर्देशन गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकले १५ दिन लकडाउन थप्दै २० जेठसम्म विस्तार गरेको छ ।

गत २४ वैशाखमा ५ जेठसम्म लकडाउन विस्तार गर्ने निर्णय गरिएको थियो । अहिलेसम्म स्थानीय तहहरूले १० हजारसम्मलाई आइसोलेसनमा राख्न सक्ने गरी क्वारेन्टाइन बनाएका छन् । तर, विदेशबाट नेपाली फर्काउन थालिएको अवस्थामा २० गुणासम्म क्षमता विस्तार गर्नुपर्ने सरकारको निष्कर्ष छ ।

मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा समेत क्वारेन्टाइन निर्माणलगायत लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।

‘लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल भएको छ, त्यसअनुसार धेरै क्वारेन्टाइनमा बस्नेलाई सुरक्षित रूपमा काम गर्न दिने, विदेशबाट आएकालाई सुरक्षित रूपले काममा जोड्न सकिन्छ कि भनेर सोचिरहेका छौँ,’ बैठकपछि सरकारका प्रवक्ता डा। युवराज खतिवडाले भने, ‘तर, यससम्बन्धी मोडालिटीका सम्बन्धमा अब बस्ने उच्चस्तरीय समितिले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ ।’

त्यस्तै छिमेकी मुलुक भारतसहित खाडी क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । यससम्बन्धी आवश्यक थप गृहकार्यका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । भारतसहित खाडी क्षेत्रबाट पाँच लाखभन्दा बढी नेपालीलाई तत्काल फर्काउनुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकमा त्यसरी विदेशबाट फर्काउने नेपालीमध्ये बिरामी रहेका, सुत्केरी महिला र घरपरिवार तथा नजिकका आफन्तजन बितेर फर्किन चाहनेलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा छलफल भएको छ ।

त्यसपछि क्रमशः भिसाअवधि सकिएर गैरकानुनी रूपमा रहे पनि सम्बन्धित मुलुकबाट आममाफी पाएका र रोजगारी गुमाएकालाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकतामा राखेर स्वदेश फर्काउने विषयमा पनि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

लुकीछिपी आउनेमाथि कडाइ, व्यवस्थित रेकर्ड राखिने

एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएका छन् ।

‘एम्बुलेन्स र ढुवानीको सवारी नम्बर, व्यक्तिहरूको नाम र ठेगाना, काठमाडौंबाट फर्किने मिति र समय व्यवस्थित रूपले रेकर्ड राख्न, आवश्यकताभन्दा बढी व्यक्ति देखिए चेकजाँजबाटै फर्काउन र सवारी फर्किने क्रममा पनि अघिल्लो पटक राखिएको रेकर्ड भिडाएर मात्र नाकाबाट छाड्न प्रधानमन्त्री ज्यूले कडा निर्देशन गर्नुभएको छ,’ ती मन्त्रीले भने ।

वैकल्पिक उपचार पद्धति पनि समानान्तर रूपमा बढाउने

त्यस्तै सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रूपमा अगाडि बढाउने भएको छ ।

त्यसक्रममा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सूचनामूलक सामग्रीमार्फत जनचेतना अघि बढाउने, आयुर्वेद उपचार पद्धति, जडीबुटी औषधि, व्यायाम, आरोग्य र ध्यानलगायतलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies