Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

इटलीमा कोभिड–१९ का कारण सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित

रोम । इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ ।

संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य सङ्कटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो ।

“इटलीमा दुध वा खाना लिन सहयोग चाहिने १५ बर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख रहेको छ,” कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो सङ्कटले गरिबलाई थप गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ ।

कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन् । सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन । दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइउको छ ।

इटलीमा सङ्कटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ । इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८।४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोेमा ४।१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ ।

यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies