Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अदालतहरूमा बाधा अड्काउ

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण अदालती काम कारबाही रोकिँदा डेढ महिनादेखि मुलुकभरका अदालतमा मुद्दा प्रक्रिया अवरूद्ध छ। काबु बाहिरको अवस्थामा मुद्दा दर्ता गर्ने हद म्याद, पेशी तारिख र कानुनी म्यादको विषयमा मौजुदा कानुनका व्यवस्था पनि मौन छन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - यो अवधिमा फौजदारी मुद्दा दर्ता गर्ने म्याद, अनुसन्धान प्रक्रिया, गम्भीर फौजदारी कसुरमा निरन्तर सुनुवाइ, फास्ट ट्रयाक फैसला फैसलाको कारबाही, सेवाग्राही उपस्थित हुने म्याद जस्ता विषयमा बहु जटिलता उत्पन्न भएको छ।

यस्तो अवस्थामा मुलुकभरका अदालतले मुद्दा प्रक्रियामा फरक–फरक मापदण्ड अपनाउँदा अन्यौल र दुविधासमेत उत्पन्न भएको छ। मुद्दा प्रक्रियामा जटिलता उत्पन्न भएपछि सर्वोच्च अदालतले गाँठो फुकाउन महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग राय सुझाव मागेको छ।

देशैभरका अदालतमा अन्यौल, दुविधा र दोहोरोपन देखिएपछि सर्वोच्च अदालत प्रशासनले अध्ययन प्रतिवेदन तयार गर्दै गत वैशाख २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समक्ष पेश गरेको थियो। राणाले ‘अडवड’ परेका विषयमा निकासका लागि भन्दै सोही दिन इजलास समक्ष पेश गर्न प्रतिवेदनमा तोकादेश गरे। सर्वोच्च अदालतका सहरजिष्ट्रार नेत्रप्रकाश आचार्यले बाधा अड्काउका विषयमा नौ पृष्ट लामो प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष पेश गरेका थिए।

‘सर्वोच्चबाट एमीकस क्यूरी र बहस नोटका रूपमा सुझाव माग भएको छ। हामीले भोलि ९आइतबार० नै पठाउने तयारीमा छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीले अन्नपूर्णसँग भने, ‘महामारीको लामो बन्दका बेला मुद्दाको कारबाहीलाई लिएर कानुनले कुनै परिकल्पना गरेन। सर्वोच्चबाट कानुनी व्याख्या हुनुपर्ने अवस्था छ। भविष्यका लागि संसद्बाट कानुन बनाउनुपर्ने आवश्यकता पनि पर्न सक्छ।’

मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी कार्यविधि संहिता, विशेष अदालत ऐन, संक्षिप्त कार्यविधि ऐन तथा अदालतका नियमावलीहरूमा काबु बाहिरको सामान्य परिस्थितिमा गुज्रिएको म्याद तारिख थाम्ने विषयमा भएका व्यवस्थासमेत फरक फरक छन्। यी कानुनहरूले सामान्य अवस्थामा मात्र मुद्दा प्रक्रियाको कल्पना गरेका कारण लामो महामारी र विपत्तिका लागि अपर्याप्त छन्। अदालतमा हाजिर हुने व्यक्ति सुत्केरी रहेको खण्डमा ६० दिनसम्म मुद्दाको म्याद थाम्ने सुधिवा छ।

यस्तै किरियापुत्री, बाढी पहिरो, भूकम्प, कफ्र्यु, बिरामी जस्ता काबु बाहिरको स्थितिमा कानुनले अदालती म्याद थाम्न सिमित समय तोकिदिएको छ।

संक्रामक रोग ऐन, २०२० पनि संक्रमण फैलिन सक्ने अवस्थामा निर्मुल र रोकथामका लागि सरकारले आवश्यक कारवाही र आदेश जारी गर्नेबाहेक मुद्दा प्रक्रियाको बिषयमा मौन छ। विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ ले पनि विपद्, महामारीका अवस्थाको अदालती हदम्याद र तारिखका विषमा केही बोलेको छैन।

यता फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ८९२० मा कसुरदार ठहरिएको तीस दिनभित्रै सजाय निर्धारण गरिसक्नुपर्ने व्यवस्था छ। यो कारबाहीसमेत सर्वोच्चको गत चैत ७ को फूलकोर्ट बैठकपछि रोकिएको छ।

लकडाउन एकैपल्ट नखुली आंशिक वा क्षेत्रगत रूपमा मात्र खुलेको स्थितिमा सबैतिर यातायात सूचारू नहुने कारण मुद्दाको हदम्याद र म्याद तारिखको गणना कसरी गर्ने भनेर अप्ठ्यारो स्थिति पैदा भएको छ। लकडाउनको अवधिमा हदम्याद भित्र मुद्दा दर्ता गर्न नसक्ने परिस्थिति छ। लकडाउन खुलेपछि मुद्दा दर्ता गर्न आउने सेवाग्राही एवं उजुरवालाको उक्त मुद्दा हदम्यादभित्रको हो वा होइन भन्ने विषयमा अदालतहरूको मत फरक फरक आउने अवस्था छ।

लकडाउन खुलेपछि अत्याधिक मुद्दाको चाप रहेको सर्वोच्च र अन्य अदालतमा मुद्दा दर्ता, पेशी, तारिख, हदम्यादका लागि ठूलो संख्यामा आउने भएका कारण संक्रमणको जोखिमसमेत छ। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बाधा अड्काउका विषयमा प्रशासनिक रूपमा प्रतिवेदन तय गरी इजलासमा पेश भएको बताए।

‘प्रतिवेदन संयुक्त इजलासमा पेश भइ पुनः पूर्ण इजलासमा पेश गर्न आदेश भएको छ। संयुक्त इजलासले ठोस निकासका लागि महान्यायाधिवक्ता तथा नेपाल बार र सर्वोच्च बारका अध्यक्षलाई एमीकश क्यूरीका रूपमा झिकाएको छ’, पोखरेलले भने, ‘एमीकश क्यूरीको वहश नोटसहितको रायपछि पूर्ण इजलासबाट चाँडै समाधानसहितको निष्कर्ष आउने छ।’

उनले अदालत खुलेपछिको जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि सर्वोच्चले एउटा समिति गठन गरेको बताए। ‘समितिले समस्या समाधानका लागि रणनीतिक रूपमा काम पनि गरिरहेको छ’, पोखरेलले भने।

नेपाल बारका अध्यक्ष चण्डेश्व श्रेष्ठले सर्वोच्चबाट आठ बुँदा तोकेर बारसँग निकास मागेको जानकारी दिए। श्रेष्ठले सर्वोच्चमा एकजना कानुनविद् प्रतिनिधि लिएर उपस्थित हुन आदेश आएको बताए। ‘बाधा अड्काउ फुकाएर समस्याको निकासमा आइतबार नै आफ्ना सुझाव पठाउने तयारीमा बार छ’, श्रेष्ठले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies