


नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन


-
-
बैशाख २७ गते, २०७७ - ०७:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका साथ अघि बढ्न पनि आग्रह गरेका हुन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ – संघीय संसद्को छैटौँ अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेको कारण प्रधानमन्त्री ओलीले सांसदलाई लिखित अनुरोध गरेको बताइएको छ । संसद्को दुवै सदनका बैठकहरू छोटा छरिता र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने भन्दै उनले सदनमा दलका एकता र विषयगत एकरूपता देखिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले छलफलका औचित्य, आवश्यकता र सम्भावना हेरी साना भेटघाट आयोजना गरिने जानकारी दिएका छन् । उनले राष्ट्रिय परिस्थितिअनुरूप संसद् सुरू हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकिएको प्रसङ्ग उल्लेख गरेका छन् ।
निर्देशनमा प्रधानमन्त्री ओलीले कोरोना भाइसरबाट बच्न सामाजिक दूूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूको सुझाव पनि उल्लेख गरेका छन् ।
लिखित निर्देशनमा तोकिएको मापदण्ड अनुसार सिट व्यवस्थापनलगायतका आवश्यक तयारी गर्न सम्भव नभएकोले बैठक हुन नसकेको जानकारी गराइएको छ । यद्यपि संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...
