Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काएर ओपिडी सेवासमेत सञ्चालन गरेको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिइन् । अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा सञ्चालन भइरहेको जानकारी दिँदै उनले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर (प्रसूति) का शल्यक्रिया भइरहेको जानकारी दिए ।

डा. गौतमले भनिन्, ‘मान्छे बिरामी भएपछि नै अस्पताल आउने हो, निजी अस्पतालले हेर्दै हेरेन, फर्कायो भन्दै आइरहेका छन्, त्यसैले भक्तपुर अस्पताल आउने बिरामीलाई हामीले फर्काएका छैनौं, स्वास्थ्य परीक्षण, मनोपरामर्श, ओपिडी सेवादेखि आवश्यक पर्दा शल्यक्रियासमेत गरेका छौँ ।’

अस्पतालले फिबर क्लिनिक सञ्चालन गर्दै आउने बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ । अरु बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बनिरहेको छ ।

यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट रु ९० हजारको औषधि लगेका छन् । सरकारले सो अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ । अस्पतालमा हाल चार श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत गरिरहेको छ । आवश्यक पर्दा थप १० श्ययालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएकामा ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ । अस्पतालको आइसोलेसनका दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ । अस्पताल आफैँले पनि व्यक्तिगत सुरक्षा कवच (पिपीई) खरिद गरेको र अन्य निकायबाट केही पिपीइ सहयोग आए पनि अभाव भने भइरहेको डा. गौतमले बताइन् ।

अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफैंले कपडाको मास्क सिलाएको छ भने र पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ । मेसु डा. गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिइन् ।

कोरोना परीक्षणमा रहेका चिकित्सकदेखि स्वास्थ्यकर्मीलाई अस्पतालले यही खाने तथा बस्ने व्यवस्था गरेको छ भने ज्वरो आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कोभिड बुथसमेत राखेर सुरक्षितरूपमा बुथबाट नमूना सङ्कलन गर्न शुरु गरेको छ । अस्पतालमा आइसीयू सञ्चालनका लागि सरकारले रु एक करोड पठाएको जानकारी दिँदै डा. गौतमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालसहितको टोली आइसीयू सञ्चालन र सेवा वृद्धिका लागि खटिरहेको जानकारी दिइन् ।

अस्पतालले कोभिड–१९ का बिरामीका लागि दुई भेन्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ भने थप दुई भेन्टिलेटर शल्यक्रिया कक्षमा सञ्चालनमा राखेको छ । अस्पतालले पाँच श्ययाको आइसीयू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको छ । मेसु गौतमले आइसीयूका लागि आवश्यक कम्तीमा ६ चिकित्सक, एक एनेस्थेसिया र कम्तीमा १६ नर्सको व्यवस्था भने करारमै भए पनि गर्नुपर्ने बताइन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies