Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए

काठमाडौ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।

छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर उनीहरु नेपाल आएका हुन् । यसमध्ये जहाजमार्फत ४५८ जना छन् । उनीहरु चैत ४ गते कतार एयरवेजबाट १८५, चैत ६ गते एयर अरेबियाबाट १७० र भारतको विस्तारा एयरबाट १३० जना नेपाल आएका थिए । बाँकी सबै भारतबाट नेपाल आएको बताइएको छ । काठमाडौँमा ११७ जना विदेशबाट फर्किएका नेपाली सेल्फ क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ । उनीहरु दुबई, फ्रान्स, टर्की, साउदी अरब र अष्ट्रेलियाबाट आएका हुन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो । पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नौजनामा कोभिडको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट कोभिडको रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा गरिरहेका कामको जानकारी दिन आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । कोभिडको प्रभाव नियन्त्रणका लागि देशभरका स्थानीय तहले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोभिडको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय तहले सक्रियतापूर्वक काम गरिरहेको र उनीहरुको प्रोत्साहनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिएको बताए । उनले कोडिभ नियन्त्रणसम्बन्धी उच्चस्तरीर समितिले गरेको निर्णय सबै ७५३ वटै स्थानीय निकायलाई निर्देशन गरिएको र आवश्यक जानकारी पनि उनीहरुबाटै लिइरहेको जानकारी दिए ।

मन्त्रालयले गत चैत ४ गते नै सातवटै प्रदेशमा सातजना उपसचिव सम्पर्क व्यक्ति तोकी निजहरुमार्फत स्थानीय तहसँग सम्पर्क, समन्वय र सहजीकरण तथा सूचना व्यवस्थापनको काम निरन्तर भइरहेको उल्लेख गरेको छ । प्रवक्ता अधिकारीले कोभिडको सङ्क्रमण रोक्न स्थानीय तहको सहजीकरण र समन्वयका लागि सबै प्रदेशमा मन्त्रालयका सातजना उपसचिवलाई सम्पर्क व्यक्ति तोकी यथार्थ जानकारी लिइरहेको बताए ।

स्थानीय तहले कोभिडविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै राहत सामग्री वितरण र राहत सामग्रीको विवरण सङ्कलन गर्ने काम भइरहेको उनले बताए । कीटनाशक औषधि छर्कने तथा धेरै स्थानीय तहले राहत सामग्री वितरण शुरु गरिसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले चैत ११ देखि देशभर लागू गरेको लकडाउनलाई प्रभावकारी बनाउन र विदेशबाट फर्किएका नागरिकको निगरानीका साथै स्वास्थ्य कक्ष स्थापना गरी कोभिडको जोखिम नियन्त्रणमा स्थानीय तहले काम गरिरहेको जनाइएको छ । क्वारेन्टाइनमा बसेकाको खाने, बस्ने व्यवस्थाका लागि स्थानीय तहको विपद् कोषबाट खर्च गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

देशभर राहत वितरणको कामलाई एकद्वार प्रणाली अपनाई पारदर्शी र प्रभावकारी बनाइएको र ७३० स्थानीय तहमा ‘आइटी अफिसर’ खटाइएको छ । सुदूरपश्चिम प्रदेशमा भारतलगायत देशबाट आएका नेपालको घरघरमा गएर विवरण सङ्कलनको काम पनि भइरहेको मन्त्रालले जनाएको छ । करीब ५०० स्थानीय तहमा राहतका लागि विवरण सङ्कलन गरेको र २४० स्थानीय तहले राहत वितरण गरेका छन् । काठमाडौँका ३२ वटै वडामा २२ हजार ४७७ जनालाई राहत वितरण गरिएको छ ।

कोभिडको सङ्क्रमणप्रति सजकता, रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहबाट आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि सबै स्थानीय तहलाई अनुरोध गरिएको, विशेषगरी भारतसँग अन्तरराष्ट्रिय सीमा जोडिएका १२८ स्थानीय तहलाई विशेष सजकता अपनाउन लिखित रुपमा आग्रह गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाभित्रका १८ वटै महानगरपालिका तथा नगरपालिकाका नगरप्रमुखलाई आमन्त्रण गरी उपत्यकाभित्र कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा कार्य गर्ने निर्णय गरिएको छ । हालसम्म ५३ हजार ६१४ परिवारलाई राहत वितरण गरिएको मन्त्रालले जनाएको छ । उपत्यकाभित्रका १८ वटै नगरपालिका एकरुपता कायम हुने गरी तत्काल लगत तयार गरी राहत उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय तहले पनि कोभिडको सङ्क्रमणप्रति सजकता, रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहबाट आवश्यक सहयोग, समन्वय र सहकार्य भएको र सबैजसो स्थानीय तहबाट सम्पादित कार्यहरुको दैनिक प्रतिवेदन मन्त्रालयमा पठाउने गरेका छन् । हालसम्म ५०० भन्दा बढी स्थानीय तहले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायको सूची तयार पारिसकेका र अन्य स्थानीय तहको तयारीका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

सूची तयार भएका स्थानीय तहले राहत वितरणको कार्यलाई उच्च प्राथमिकता साथ अगाडि बढाएका र वितरित राहत कार्यको प्रतिवेदन मन्त्रालय आउन शुरु भएको छ । व्यक्ति, सङ्घसंस्था तथा निजी क्षेत्र र सरकारी तथा गैरसरकारी निकायबाट वितरण गरिने राहतलाई स्थानीय तहमा दाखिला गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । कतिपय स्थानीय तहले असल अभ्यास थालिसकेका छन् । खाद्यान्न बैंकको स्थापना (बुटवल र धरान उपमहानगरपालिका, पर्वत जिल्लाभरि) भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies