Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

थुनुवा फरार प्रकरणमा छानबिन समिति

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थुनुवा फरार भएको प्रकरणमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बुधबार राति जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको झ्याल फोडेर लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका तीन जना फरार भएका थिए । प्रदेश प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस गर्न प्रहरी उपरीक्षक रावलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक पे्रम शर्मा सदस्य रहेको समिति गठन गरेको हो । प्रदेश प्रहरीका प्रवक्ता एवं छानबिन समितिका सदस्य तिम्सिनाका अनुसार समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश पाएको छ ।

थुनुवा कक्षबाट फरार हुनेहरुमा वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा रहेका छन् । जिल्ला प्रहरीले रेग्मी र चौधरीलाई चैत १६ गते तथा कशेरालाई फागुन २६ गते ब्राउनसुगरसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरीले फरार थुनुवाको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

फरार पक्राउ

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार तीनै जनालाई चौैबीस घण्टा नबित्दै प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा बुधबार राति थुनुवाकक्षको झ्याल फोडेर फरार भएका थिए । फरार थुनुवा पक्राउ गर्न प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले कशेरालाई भेरीगङ्गा नगरपालिकाको सत्तरी तथा रेग्मी र चौधरीलाई वीरेन्द्रनगर–६ लक्ष्मी चलचित्र हल नजिक लुकीछिपी बसेको अवस्थामा फेला पारेको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies