Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लकडाउन : आइतबारदेखि चोकचोकमा तरकारी

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ ।

सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गरी उपभोक्तालाई तरकारी वितरण गर्न शुरु गरिएको हो । सो भाइरसको जोखिम हुन नदिन स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाद्वारा यहाँको गुद्री तरकारी बजार बन्द गराइएको थियो । सो तरकारी वजार व्यवस्थापन समितिका सचिव सावद अहमत गुड्डुले उपभोक्ताको दुरी कायम गरी तरकारी बिक्री वितरण गर्न विराटनगर–११ मा तरकारी बजार राख्न माग गर्दै लकडाउनको समयमा हरियो सागसब्जी एवम् तरकारीको अभाव हुन नदिने जानकारी दिए

गुद्री बजारका थोक तरकारी व्यापारी पशुपति भगतले लकडाउनमा तरकारीको अभाव हुन नदिने र उपभोक्तालाई सुलभ रुपमा वितरण गरिने बताए । उनले फलफूल लगायत आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी दिँदै अगामी आइतबारदेखि थप सामाग्री भारतबाट ल्याउने तयारी रहेको छ भने । स्थानीय प्रशासन र भन्सारको सहयोगका कारण तरकारी आयातमा सहज हुन पुगेको व्यवसायी भगतले बताए । थोक विक्रेताका सहयोगी भगवान रायले हाल विराटनगरमा सुनसरीको हरिनगरा,देवानगञ्ज, मोरङको जहदा, कटहरी गाउँपालिकाबाट हरियो तरकारी आपूर्ति भइरहेको र आलु प्याजको केहीदिनका पुग्ने मौज्दात रहेको जानकारी दिए।

गुद्री बजार बन्द भए पनि चोक÷ चोकमा ढाकी, सटर र खुल्ला रुपमा तरकारीको सहज उपलव्धता भइरहेको छ । नगरका वसपार्क, सरौचिया, भट्टीभोड, हस्पिटल मोड, शान्तिचौक, पिछरा, रामपुर लगायतका क्षेत्रमा क्षेत्रमा दुरी कायम गरीहरियो तरकारी विक्री वितरण भइरहेको छ ।

अहिले बजारमा आलु प्रतिकेजी रु। ६०, प्याज प्रतिकेजी रु ७०,टमाटर प्रतिकेजी रु ५०, हरियो मटरकोशा प्रतिकेजी रु ६०, हरिया गट्टा प्रतिकेजी रु ७०, पाकेको फर्सि रु ७०,फूलकोवी प्रतिकेजी रु ६०, बन्दाकोवी प्रतिकेजी रु ३० विक्री भइरहेको छ । हरियो खुर्सानी प्रति पाउ रु।५० रहेको पाइएको छ । बजारमा जहीत्यही पाउने खसीको मासु र माछा लकडाउनका कारण बन्द रहेको छ । धनकुटा लगायत देवानगञ्ज, हरिनगरा, कटहरी, जहजा, सुनवर्शी र भारतवाट तरकारीको आपूर्ति हुने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies