Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लकडाउनको प्रभाव, आकाशियो तरकारी र फलफूलको मूल्य

सुर्खेत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ । गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई दैनिक उपभोग्य खाद्यवस्तुको बिक्री वितरण गर्न निर्देशन दिए पनि स्थानीय प्रहरीले रोक लगाउँदा कर्णाली प्रदेश राजधानीमा तरकारी तथा फलफूलको अभाव देखिएको हो ।

छिटफुट खुलेका तरकारी तथा फलफूल पसल पनि प्रहरीले बन्द गर्न आह्वान गर्दा व्यवसायीले मूल्य बढाउने मौका पाएको उपभोक्ताले गुनासो गरेका छन् । लक डाउन हुनु दुई दिन अघि फुटकर प्रतिकिलो रु ३० मा पाइने बन्दागोभी अहिले रु ६०÷७० मा बिक्री हुने गरेको छ । प्रतिकिलो रु ४० मा पाइने टमाटरको मूल्य बढाएर १०० रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, अङ्गुरप्रति किलो रु ३००, केरा प्रति दर्जन रु १२०, आलु प्रति केजी रु ६०, भिण्डी प्रतिकिलो रु १००, करेला प्रतिकिलो रु १००, हरियो सिमी प्रतिकिलो रु १००, काउली रु ६० मा बिक्री भइरहेको छ । वीरेन्द्रनगर बसपार्क जाने बाटोका सब्जी पसल मात्र खुला छन् । त्यसबाहेक अधिकांश तरकारी तथा फलफूल पसल, डेरी, खाद्यान्न पसल बन्द हुँदा कतिपय व्यवसायीले उपभोग्य बस्तुको मूल्य बढाएको पाइएको छ ।

वीरेन्द्रनगर मङ्गलगढी चोकमा व्यवसाय गर्दै आएकी कृष्णा शर्माले ठूला मण्डी खुला र साना पसल बन्द गरिँदा मण्डी सञ्चालकले एकाएक मूल्य बढाएको बताइन् । डेरी पनि बन्द हुँदा दूध, दही किन्न समस्या भएको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकारकर्मी रामप्रसाद शर्माले ‘लक डाउन’ लाई स्थानीय प्रशासनले ‘नेपाल बन्द’ को जस्तै कडाइ गर्दा दैनिक उपभोग्य वस्तु किन्न समस्या भएको बताए ।

लक डाउनका कारण प्रहरीले अनावश्यक त्रास फैलाउँदा कतिपय व्यवसायी आफैले पसल बन्द गरेको पाइएको छ । “प्रहरीले दूध, दही ढुवानी गर्न दिन्छ तर डेरी र चिसा पसल बन्द गर्न लगाउँछ”, वीरेन्द्रनगर–१ मा चिसा पसल सञ्चालन गर्दै आएका नवराज गौतमले भने, “डेरीको दूध सडेर जाने अवस्था सिर्जना भयो, त्यसैले अधिकांश डेरी पसल बन्द छन् ।” मङ्गलगढी, ऐरीचोक र लाटीकोइलीका डेरी पसल पनि प्रहरीले बन्द गरेको व्यवसायीको गुनासो छ ।

लक डाउनको अनुगमन नहुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन थालेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको संयोजकत्वमा खाद्यवस्तु आपूर्तिसम्बन्धी संयन्त्र गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन । मन्त्री बुढाले दैनिक एकपटक वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा आफू नेतृत्वको समितिले अनुगमन गरिरहेको बताए । कृत्रिम अभाव हुन नदिन, कालोबजारी हुन नदिन आफूहरुले छड्के अनुगमन गर्ने उनको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले वीरेन्द्रनगर नगरपालिका, उद्योग वाणिज्य सङ्घ लगायतको सहभागितामा बजार अनुगमन, आपूर्ति व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए। “दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सचेत छौँ”, उनले भने, “आपूर्ति कम भएको अवस्थामा पर्याप्त मात्रामा नपाइनु स्वभाविक हो, कसरी आपूर्तिलाई सहज बनाउन सकिन्छ भनेर हामी छलफलमै छौँ ।” प्रजिअ न्यौपानेले तरकारी, फलफूल र दूधलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी नरोकिएको जिकिर गरे ।

मङ्गलबारदेखि लक डाउन हुँदा थुपै्र सब्जी मण्डी र पसलमा तरकारी तथा फलफूल सडेर नष्ट भएको व्यवसायीको गुनासो छ । व्यवसायीले सुन्तला, स्याउ, केरालगायतका फलफूलको अभाव भएको बताएका छन् । लक डाउनका कारण बाँकेको नेपालगञ्ज र दैलेखको रानीमत्ता गुराँसे क्षेत्रबाट ढुवानी हुने तरकारी तथा फलफूल बन्द छ । महँगी बढ्दा न्यून आयस्तर भएका, ज्यालामजदुरी गरेर खाने वर्ग तथा विस्थापित समुदायलाई मर्का परेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies