Khabar Dabali Logo
  April 8, Wed

सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते

सिन्धुलीमा । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनको श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए ।

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिए ।

चैत १३ गते, २०७६ - १०:३७ मा प्रकाशित

अरेबियाको उडानबाट आएका ३ युवकमा कोरोना नभएको पुष्टि

कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको...   

लकडाउनको समयमा दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई...   

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक

झापा । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९...   

प्रदेश नं. १ : सीमा क्षेत्रमा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

झापा। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी...   

विभिन्न सहकारीद्धारा विपन्न परिवारको लागि १ करोड ५० लाख सहयोग

झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत...   

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण...   

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन...   

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा...   

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top