Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

६ महिनाको ब्याजसहित कर छुट दिन उद्योगी व्यवसायीको माग

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणले नेपालको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा गम्भीर असर पारेको भन्दै उद्योगी(व्यवसायीले ६ महिनाको बैंक ब्याज छुट मागेका छन् ।

विदेशी मुलुकहरुमा उद्योगी व्यवसायीलाई बचाउन केन्द्रीय बैंकहरुले राहतका प्याकेज ल्याइरहेको सन्दर्भमा नेपालमा पनि राष्ट्र बैंकले राहत कार्यक्रम ल्याउनुपर्ने व्यवसायीले माग गरेका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा ज्ञापनपत्र बुझाउँदै सबैजसो उद्योगी व्यवसायीले बैंकबाट कर्जा लिएर उद्योग व्यवसायमा लगानी गरेको स्मरण गराउँदै कोरोना भाइरस संक्रमणका कारण लगानी डुब्ने चिन्ता व्यक्त गरेका थिए । उनीहरुले निजी क्षेत्रलाई राहत पुग्ने गरी ब्याज छुटसहित कर चुक्ताको म्याद पनि ६ महिनापछि सार्न समेत माग गरेको छ ।

स्थानीय उद्योगी व्यवसायीहरु आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको व्याज बुझाउने अवस्थासमेत नरहेकाले राहतका कार्यक्रम घोषणा गर्न माग गरिएको छ ।

यस्तै, उद्योगी व्यवसायीहरुले लिएको ऋणको व्याज ज्यादै महंगो भएकोले घटाउन समेत माग गरेको छ । संगठनले ६ महिनाको व्याजदर छुट गर्न बैंकहरुलाई निर्देशन दिनुपर्ने, २०७६ साल चैत्र मसान्त र २०७७ साल असारमसान्तको अग्रिम करको किस्ता र बैंकहरुलाई बुझाउनुपर्ने व्याज २०७७ साल असोज मसान्तसम्म समय थप गर्न पनि माग गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies